कपिलवस्तु र रुपन्देहीमा थप १४ जनामा कोरोना संक्रमण

काठमाडौं। प्रदेश ५ का दुई जिल्ला कपिलवस्तु र रुपन्देहीमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ।

भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले देखापढीलाई बताए।

उनका अनुसार कपिलवस्तुको महाराजगञ्‍जका ९ जना र विजयनगरका ३ जना गरी १२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

त्यस्तै रुपन्देहीका २ जनामा पनि संक्रमण फेला परेको छ।

रुपन्देहीमा देखिएका दुईजना मध्ये एकजना काठमाडौंमा बसोबास गर्ने र उनी हाल अस्पतालमा उपचारमा रहेको चौधरीले जानकारी दिए।

उनी एक महीना रुपन्देही बसेर २९ वैशाखमा काठमाडौं आएको बताइएको छ।

संक्रमितमध्ये कपिलवस्तुका १२ र रुपन्देहीका १ जना भारतको मुम्बईबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन्।

प्रतिक्रिया दिनुहोस्