कोभिड-१९ पुष्‍टि भएको २३ घण्टापछि आइसोलेसनमा
कर्णाली प्रदेशका पहिलो संक्रमित ती युवालाई सुर्खेत लैजाने वा दैलेखको आइसोलेसनमा राख्ने भन्ने विषयमा अन्यौल हुँदा अस्पताल भर्नामा ढिलाइ भएको थियो।
स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेसनमा राख्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोली हिजो दैलेखबाट आठबीस नगरपालिका हिँडेको थियो।
स्वास्थ्य कार्यालय दैलेखले ३ जेठमा ३९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो।
कोभिड-१९ का बिरामी भेटिएसँगै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रिने नागरिकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा सतर्कता बढाइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्