१० जेठदेखि भर्चुअल कला प्रदर्शनी हुने
<p>काठमाडौं । ‘भर्चुअल साउन्ड’ शीर्षकमा १० जेठदेखि भर्चुअल कला प्रदर्शनी हुने भएको छ ।</p>
<p>१० जेठ राति ८ बजे सामाजिक सञ्जालमार्फत प्रदर्शनी शुरु हुने इन्टरनेसनल वाटर कलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए ।</p>
<p>कोभिड-१९ को विश्‍वव्यापी महामारीका कारण कला प्रदर्शनीहरू प्रभावित भएका छन् । पेन्टिङको बिक्री वितरण ठप्प छ । यस्तो अवस्थामा कलाकर्मीलाई थोरै भए पनि राहत दिने कोशिसमा प्रदर्शनी आयोजना गरिएको गुरुङले बताए ।</p>
<p>प्रदर्शनीमा नयाँ-पुराना कलाकारहरूका पेन्टिङ, इन्स्टलेसनलगायत ६० वटा कलाकृति राखिनेछ । प्रदर्शनीमा राखिएका कलाकृति दर्शकले खरिद पनि गर्न सक्नेछन् ।</p>
प्रतिक्रिया दिनुहोस्
