यस्ता छन् निजी तथा सामुदायिक अस्पतालले आरडीटी परीक्षणमा पालना गर्नुपर्ने शर्तहरू
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई पनि आरडीटी किट विधिबाट परीक्षण गर्न दिने निर्णय गरेको छ।

ती संस्थाहरूले कोभिड-१९ परीक्षणका लागि आरडीटीबाट परीक्षण गर्न अनुमित दिने सम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ।

आरडीटीबाट परीक्षण गर्न इच्छुक निजी तथा सामुदायिक अस्पतालहरू प्रचलित कानून अनुरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गतका निकायमा दर्ता भई नवीकरण गरेको हुनुपर्नेछ।

अस्पतालले आरडीटी परीक्षणका लागि उपत्यकाभित्रका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्नेछ र उपत्यका बाहिरका स्वास्थ्य संस्थाहरूले सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ।

आरडीटी परीक्षण गर्न चाहने अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुचिकृत गरेका विभिन्न ९ वटा कम्पनीका किटमात्रै प्रयोग गर्नुपर्नेछ।

आरडीटी परीक्षण अस्पताल प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्नेछ। आरडीटी परीक्षणको नतिजा पोजिटिभ आएमा आरटीपीसीआर परीक्षणको लागि रिफर गर्नुपर्नेछ।

आरडीटी परीक्षणको अभिलेखीकरण चुस्त दुरुस्त राख्नुपर्नेछ र आरडीटी परीक्षणको प्रतिवेदन दैनिक रूपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पेश गर्नुपर्नेछ।

साथै जनस्वास्थ्य प्रयोजनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले माग गरे बमोजिम सूचनाहरु उपलब्ध गराउनु पर्नेछ।

आरडीटी परीक्षणको शुल्क खरीद मूल्यको २० प्रतिशत नबढ्ने गरी लिन पाइने मन्त्रालयले निर्देशिकामा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्