भरतपुर अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

चितवन। उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एकजनाको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय वृद्धको नतिजा नेगेटिभ आएको हो।

उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा पनि नेगेटिभ आएको छ।

परोहा नगरपालिका-८ नर्कटिया रौतहटका उनी दुई दिनअघि राति अस्पताल आएका थिए। अस्पतालमा उपचारका क्रममा हिजो उनको मृत्यु भएको थियो।

सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मंगलबार बिहान मृत्यु भएको थियो। चार महीनाअघिदेखि क्षयरोगको संक्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालले जनाएको छ ।

यसैगरी भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी युवतीको पनि कोरोना संक्रमण नेगेटिभ देखिएको छ।

पौडेलका अनुसार सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको हो। रासस

प्रतिक्रिया दिनुहोस्