काठमाडौं। २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा ‘उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने कार्य अघि बढाइने’ उल्लेख भएसँगै खेलकुद क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ।

त्यसो त यो तालिम केन्द्रको चर्चा नौलो होइन। केही वर्षदेखि नै ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर’ को चर्चा हुँदै आएको हो। खेलकुद क्षेत्रका नेताहरूले यस्तो तालिम केन्द्र स्थापना गर्ने भाषण गर्दै आए पनि सरकारको प्राथमिकतामा परिसकेको थिएन।

यसपटक भने सरकारले नीति तथा कार्यक्रममै समेटेपछि भने उच्च पर्वतीय खेलकुद तालिम केन्द्रको सपना साकार हुने आशा पलाएको छ।

“स्पोर्टस वैज्ञानिकहरूले धेरै पहिलेदेखि नै उच्च क्षेत्रमा तालिम गर्दा खेलाडीले राम्रो प्रदर्शन गर्न सक्छन् भन्दै आएका छन्। नेपालमै पनि झण्डै एक दशकदेखि यस विषयमा छलफल र अनुसन्धान हुँदै आएका छन्,” माउन्टेन स्पोर्टस संघका अध्यक्ष गोविन्द भट्टराई भन्छन्, “यसलाई दिर्घकालीन रूपमा कसरी अघि बढाउने, त्यसका लागि आर्थिक तथा प्राविधिक योजनाबारे विस्तृत अध्ययन भएको छ कि छैन भन्ने आफ्नै ठाउँमा छ। तर सरकारबाट नै सम्बोधन भएपछि त्यसतर्फ पनि अघि बढ्छ भन्ने विश्वास गर्न सकिन्छ।”

सन् २०१० तिर अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ‘हाइ अल्टिच्युट’ मा अभ्यास गरेका खेलाडीले प्रतिस्पर्धामा राम्रो नतिजा दिनसक्ने निष्कर्ष निकालेका थिए। तथापी त्यसअघि पनि यस विषयमा ‘हाइ अल्टिच्युट’ मा अभ्यास गर्ने खेलाडीले राम्रो नतिजा दिने चर्चा हुँदै आएको थियो।

समुद्र सतहबाट ५ हजारदेखि ८ हजार फिटसम्मको उचाई एथलेटिक्सका खेलाडीलाई अभ्यास गर्न उपयुक्त स्थल मानिन्छ। समुद्री सतहबाट जति माथि गयो अक्सिजनको मात्रा कम हुँदै जान्छ। जसले गर्दा शरीरलाई आवश्यक पर्ने अक्सिजन पुग्दैन। शरीरले अक्सिजनको मात्रा मिलाउन स्वःस्फुर्त रूपमा राता रक्तकोषको उत्पादन बढाउँछ।

त्यसैले उचाईमा अभ्यास गर्दा खेलाडीको शरीरले अतिरिक्त ‘राता रक्तकोष’ उत्पादन गरेको हुन्छ। त्यसरी उत्पादित राता रक्तकोष १० देखि २० दिनसम्म सक्रिय रहन्छ। त्यसैले खेलाडीलाई सामान्य उचाईमा प्रतिस्पर्धा गर्दा सहज हुन्छ।

यो वैज्ञानिक तथ्यलाई म्याराथन धावक इलिउड किपचोजले पनि पुष्टि गर्छन्। उनले २०१८ को बर्लिन म्याराथनमा २ घण्टा ०१ मिनेट ३९ सेकेण्डको किर्तिमान कायम गरेका थिए। केन्याका धावक किपचोजको सफलताको मुख्य सुत्र हो, उनी प्रशिक्षण लिने ठाउँ, कपागत।

बीबीसीका अनुसार कपागत समुद्री सतहबाट ८ हजार फिटभन्दा बढी उचाइमा  छ। किपचोज मात्र होइन, अर्का चर्चित धावक जियाफ्री कामवोरोर लगायतका थुप्रै धावक कपागतस्थित प्रशिक्षण केन्द्रका उत्पादन हुन्।

म्याराथनका स्वर्णपदक विजेता किपचोज मात्र होइन, गत ओलम्पिकमा एथलेटिक्समा अफ्रिकी मुलुकका खेलाडीको वर्चश्व रहेको थियो। जमैकन धावक उसेन बोल्टले ‘ट्रिपल ट्रिपल’ को उपाधि जितेका थिए। छोटो दूरीका बादशाह बोल्टले ओलम्पिकमा १००, २०० र ४ गुणा १ सय मिटरको रिले दौडमा लगातार तेस्रो पटक स्वर्ण पदक जितेका थिए।

त्यस्तै अफ्रिकी मुलुक केन्याका पिचोज इलिउडले म्याराथनमा स्वर्ण जितेका थिए भने इथियोपियाका लिलेसा फेयसाले रजत जितेका थिए। ८ हजार मिटरमा केन्याकै रुडिसा डेभिड लेकुटाले स्वर्ण जितेका थिए।

त्यस्तै १० हजार मिटरमा केन्याका तनुई पाउल किपगेटिचले रजत जितेका थिए। इथियोपियाका टोला टामिरटले कांस्य जितेका थिए। महिला विधामा पनि जमैका बाहेक केन्या र इथिइयोपियाका खेलाडीको वर्चस्व थियो।

ती खेलाडीले प्रतिनिधित्व गर्ने राष्ट्र इथियोपियाको राजधानी एडिस एबाबा समुन्द्री सतहदेखि करिब ७ हजार ७२७ फिट, केन्याको राजधानी नैरोबीको करीब ५ हजार ८८९ फिट उचाईमा छन्।

जमैकाको पनि झन्डै ८० प्रतिशत भुभाग पहाडी रहेको छ। त्यसकारण त्यहाँको अल्टिच्युडका कारण खेलाडीलाई विजय हासिल गर्न सघाउ पुगेको हो।

‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ ले खेलाडीको प्रदर्शनमा फाइदा पुर्‍याउँछ भन्नेमा दुई मत नरहे पनि कार्यान्वयन महत्वपूर्ण भएको एथ्लेटिक्सका प्रशिक्षक सुशील नरसिंह राणा बताउँछन्।

यसअघि पनि थुप्रै पटक यस विषयमा छलफल भए पनि व्यवहारमा यसले मुर्तरूप नपाएकाले अझै पनि पर्ख र हेरको स्थितिमा रहेका छन्, राणा।

“यो बन्यो भने त धेरै राम्रो कुरा हो,” एथ्लेटिक्सको प्राविधिक पक्षमा राम्रो दख्खल राख्ने प्रशिक्षक राणा भन्छन्, “हाई अल्टिच्युड भनेर सगरमाथाको बेस क्याम्पमा राखेर हुदैन। त्यही अनुसारको प्रशिक्षण गर्ने सुविधा र प्रविधि हुनुपर्छ। अनि मात्र त्यो तालिम केन्द्रले सार्थकता पाउँछ। त्यसैले कसरी कार्यान्वयन हुन्छ भन्ने हेर्न बाँकी छ।”

माउन्टेन स्पोर्टस संघका अध्यक्ष भट्टराईको धारणा पनि प्रशिक्षक राणाको भन्दा फरक छैन। दीर्घकालीन सोच राखेर बनाउने हो भने यस्तो तालिम केन्द्रबाट पर्यटनलाई पनि फाइदा पुग्ने भट्टराई बताउँछन्।

“एक तहको स्टार होटलमा हुने सुविधा भयो भने हामीले अन्तर्राष्ट्रिय खेलाडीलाई पनि आकर्षित गर्न सक्छौं। होइन भने यसलाई दिर्घकालिन रूपमा अघि बढाउन गाह्रो हुन्छ,” नेपालमा प्रकृति, संस्कृति, साहसिक खेलकुद तथा पर्यटनका विषयमा अध्ययन गरिरहेका भट्टराई भन्छन्, “अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण केन्द्रहरू बनायौं भने हामीले माउन्टेनियरिङ स्पोर्टसका विभिन्न प्रतियोगिता आयोजना गर्न सक्छौं। त्यसले दिगो पर्यटनलाई पनि सहयोग पुर्‍याउँछ।”

नेपालमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको विकास हुने भने खेल पर्यटनमा पनि फाइदा पुग्ने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पनि मत छ।

“अहिले प्रविधिको धेरै विकास भइसकेको छ। प्रविधिले अन्य स्थानमा पनि त्यस खालको वातावरण सिर्जना गर्न सक्ने भएको छ। तर हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गर्न सक्यौं भने कम्तिमा मध्य एशियाली देशका खेलाडीहरूलाई आकर्षित गर्न सक्छौं। जसले खेलकुद पयर्टनमार्फत् राम्रो आय आर्जन पनि हुन्छ,” श्रेष्ठ भन्छन्, “तर विगतका बजेटमा पनि यो शीर्षकमा विनियोजन भए पनि त्यसले मुर्तरुा हासिल गर्न सकेको छैन। त्यसकारण यसपटक पनि कसरी कार्यान्वयन हुन्छ भन्ने हो। यद्यपी नीति तथा कार्यक्रममा पहिलो पटक समावेश गरिएको छ। त्यसैले यो विषयले महत्व पाएको छ भन्ने बुझ्न सकिन्छ।”

व्यक्तिगत रूपमा हरिबहादुर रोकायाले जुम्लामा ट्रेनिङ सेन्टर बनाएर संचालन गरिरहेका छन्। उनले उत्पादन गरेका खेलाडीले राम्रो नतिजा पनि दिइरहेका छन्। तर, सरकारी स्तरमा भने यो योजना कागजमा मात्र सिमित बनेको छ।

मनाङ, मुस्ताङ, जुम्ला, सोलुखुम्बु, दोलखालगायतका जिल्लाहरूमा यसको अध्ययन भइरहे पनि काम भने अघि बढेको छैन।

‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ले प्रत्यक्ष फाइदा समर गेम्समा पर्ने भए पनि यसले अप्रत्यक्ष रूपमा माउन्टेन स्पोर्टसलाई पनि फाइदा पुग्नेछ। नेपालको भौगोलिक बनोटका कारण माउन्टेन स्पोर्टस अर्को सम्भावना बोकेको क्षेत्र हो।

“माउन्टेन स्पोर्टसको नेपालमा प्रचुर सम्भावना छ। त्यसकारण हामीले ओलम्पिक काउन्सिल अफ एसियामा पनि माउन्टेन स्पोटर््सलाई आधिकारिक बनाउन पर्छ भनेर छलफल चलाएका थियौं। त्यसका लागि देशभित्र, त्यसपछि क्षेत्रीय स्तर हुदै एशियामा माहोल बनाउनु पर्ने थियो। तर, हामीले तत्कालिन परिस्थितिमा देशभित्र पनि माहोल बनाउन सकेनौं,” नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ भन्छन्, “अन्तर्राष्ट्रिय स्तरमा अन्य खेलमा हामीलाई पदक जित्न मुश्किल हुन्छ। तर माउन्टेन स्पोर्टसमा पदकको सम्भावना बढी हुन्छ। पदकका हिसाबले मात्र होइन पर्यटनका हिसाबले पनि माउन्टेन स्पोर्टसले नेपाललाई फाइदा पुग्छ।”

" /> काठमाडौं। २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा ‘उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने कार्य अघि बढाइने’ उल्लेख भएसँगै खेलकुद क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ।

"> बन्ला त उच्च पर्वतीय खेलकुद तालिम केन्द्र ? उत्साहित छ खेल क्षेत्र: Dekhapadhi
बन्ला त उच्च पर्वतीय खेलकुद तालिम केन्द्र ? उत्साहित छ खेल क्षेत्र

प्रतिक्रिया दिनुहोस्