मुम्बईमा लकडाउन उल्लंघन गर्दै समोसा पार्टी

मुम्बई । मुम्बईको घाटकोपर (पूर्व)स्थित एक हाउजिङ सोसाइटीमा लकडाउनको नियम उल्लंघन गर्दै ‘म्युजिकल समोसा पार्टी’ आयोजना गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कुक्रेजा प्यालेस हाउजिङ सोसाइटी परिसरमा गत सोमबार पाहुना बोलाएर भीडभाडयुक्त पार्टी आयोजना गरिएको हो ।

प्रहरीले कोअपरेटिभ हाउजिङ सोसाइटीका अध्यक्ष राहुल सांघवी र पार्टी आयोजना गर्ने व्यक्ति जेठालाल डेढियालाई निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । मुम्बईको उक्त क्षेत्र कोरोना भाइरसको हटस्पट बनेको छ ।

उक्त समोसा पार्टीका तस्वीरहरू सामाजिक सञ्‍जालमा भाइरल बनेका थिए । सामाजिक सञ्‍जालमै अपलोड गरिएको भिडिओमा करिब ३० जना उक्त पार्टीमा सहभागी देखिन्छन् ।

पाहुनालाई समोसा पस्किइरहेको देखिन्छ । र, गितार बजाउँदै रमाइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्