बलात्कारको आरोप लागेका हड्सन ओडोई प्रशिक्षणमा फर्किए <p>काठमाडौं। चेल्सीका विंगर कालम हड्सन ओडोई मंगलबार क्लबको ट्रेनिङमा फर्किएका छन्। उनी आइतबार बिहानै बलात्कारको आरोपमा पक्राउ परेका थिए।&nbsp;</p> <p>१९ वर्षे इङ्ल्यान्डका हड्सन ओडोईलाई एक महिलाले बलात्कारको आरोप लगाएकी थिइन्। ती महिला अहिले अस्पतालमा छिन्। हड्सन ओडोईलाई जमानतमा रिहा गरिएको छ। र, कोरोना भाइरस नेगेटिभ देखिएपछि उनी क्लबको प्रशिक्षणमा सामेल भएको बीबीसीले जनाएको छ।&nbsp;</p> <p>प्रिमियर लिगले मंगलबारबाट सानो समूहमा प्रशिक्षण शुरू गरेका छन्। हड्सन ओडोई मिड्फिल्डर एन&lsquo;गोलो कान्टे, फरवार्ड क्रिष्टियन फुलिसिक, रक्षक कोर्ट जोउमा र कोलकिपर केपा एरिजाबालागासँग प्रशिक्षण गरिरहेको तस्वीर आएको छ।&nbsp;</p> <p>आइतबार बिहान भएको घटनाबारे चेल्सी र हड्सन ओडोईले कुनै प्रतिकृया दिएका छैनन्। हड्सन ओडोईले इङ्ल्यान्डबाट तीन खेल खेलिसकेका छन्। उनले चेल्सीसँग पनि गत सेप्टेम्बरमा पाँच वर्षका लागि नयाँ सम्झौता गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्