क्याम्ब्रिज विश्वविद्यालयमा ‘फेस टु फेस लेक्चर’मा बन्देज
<p>लन्डन । बेलायतको प्रतिष्ठित क्याम्ब्रिज विश्‍वविद्यालयले शिक्षक र विद्यार्थीबीच आमनेसामने लेक्चरमा बन्देज लगाएको छ ।</p>
<p>सन् २०२०–०२१ को शैक्षिक सत्रभर यो प्रतिबन्ध कायम रहने विश्‍वविद्यालयले बताएको छ । पठनपाठनका क्रममा कोरोना भाइरसको प्रसार हुन नदिन यस्तो कदम उठाउनु परेको विश्‍वविद्यालयको भनाइ छ ।</p>
<p>“लेक्चर भर्चुअल माध्यमबाट मात्र हुनेछ,” विश्‍वविद्यालयका प्रवक्ताले भनेका छन्, “कुनै सानो समूहमा भने भौतिक दूरी कायम हुने निश्‍चित भएमा आमनेसामने लेक्चर गर्न सकिनेछ ।”</p>
प्रतिक्रिया दिनुहोस्
