मौसममा चक्रवातको असर, पूर्व र मध्य क्षेत्रमा केही दिन पानी पर्ने

काठमाडौं। बंगालको खाडीमा विकसित भएको अंपुन नामक चक्रवातको असर नेपालको मौसममा केही दिन पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्व र मध्य क्षेत्रको मौसम ३/४ दिन सम्म प्रभावित हुने महाशाखाले जनाएको छ।

अहिले सुदूरपश्‍चिम, कर्णाली प्रदेशका सबै भूभाग र प्रदेश ५ का केही स्थानहरूमा मौसम सफा रहेको छ भने बाँकी भूभागमा सामान्य बदली भइ केही ठाउँमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज २४ घण्टाको मौसम अनुमान गर्दै विभागले पूर्वी भूभागका धेरै स्थानहरू, मध्य र पश्‍चिम भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षातको सम्भावना रहेको जनाएको छ।

खोलानालामा पनि पानीको बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्