काठमाडौं। नेपालमा आज (६ जेठमा) एकैदिन ३२ जना संक्रमित थपिएका छन् भने एकजना कोरोनामुक्त भएर घर फर्किएका छन्।
दिउँसोसम्म झापामा नौसहित देशभर २७ जना संक्रमित थपिएका थिए। अबेर राति धनकुटामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै आज थपिएका संक्रमितको संख्या ३२ पुगेको हो।
योसहित देशभर संक्रमितको संख्या ४०७ पुगेको छ। देशका ३६ जिल्लामा कोभिड–१९ का संक्रमित भेटिँदा आज पहिलोपटक रामेछाप र सिन्धुलीमा एक/एक जना संक्रमित भेटिए।
आज पहिलोपटक नेपालमा चिकित्सकमा समेत कोभिड–१९ पुष्टि भएको छ। यसअघि केही स्वास्थ्यकर्मीमा मात्र संक्रमण देखिएकोमा पहिलोपटक चिकित्सकमा संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ललितपुरमा संक्रमण पुष्टि भएका व्यक्ति चिकित्सक हुन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत उनी केही दिनअघि संक्रमणको उच्च जोखिम देखिएको कपिलवस्तु र रूपन्देही पुगेर संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका थिए।
ती चिकित्सकसहित आज काठमाडौं उपत्यकाका तीन जिल्लामा पाँच जनामा संक्रमण देखियो। काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा एक/एकजनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आजै झापाका ६२ वर्षीय पुरुष कोरोनामुक्त भएर घर फर्किएका छन्। कोशी अस्पताल विराटनगरमा उपचाररत उनी २५ दिनपछि कोरोनामुक्त भएर घर फर्किएका हुन्।
नेपालमा कोरोना भाइरस संक्रमण देखिएको चार महीना भइसकेको छ। र, चार महीनाको अवधिमा ३२ हजार ६०४ जनाको मात्र पीसीआर विधिबाट परीक्षण गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आरडीटी विधिबाट भने ७४ हजार ६४९ जनाको परीक्षण गरिएको छ।
पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएका बेला नेपालमा परीक्षणको सुविधा थिएन।
९ माघमा कोराना भाइरस संक्रमणको पहिलो व्यक्ति भेटिएका थिए। उनी चीनको वुहानबाट फर्किएका विद्यार्थी थिए। उनको नमूना संकलन गरेर परीक्षणका लागि हङकङ पठाइएको थियो।
अहिले भने नेपालका सातवटै प्रदेशमा परीक्षणको व्यवस्था मिलाइएको छ। परीक्षणको व्यवस्था सातै प्रदेशमा विस्तार गरिएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ।
मन्त्रालयका अुनसार प्रदेश १ मा ५९, प्रदेश २ मा १३६, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १७६, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन्।
यसमा अहिलेसम्म ३७ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने दुई जनाले ज्यान गुमाएका छन्।
संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश २ र ५ मा थप चिकित्सको टोली पठाउने स्वास्थ्य मन्त्रालयको तयारी छ।
मन्त्रालयले ती दुवै प्रदेशमा १०/१० जना चिकित्सकको टोली पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।
संक्रमितको संख्या धेरै देखिएको क्षेत्रलाई केन्द्रित गरेर त्यहाँ टोली परिचालन गर्न लागिएको हो।
कोरोना भाइरस संक्रमण बढेसँगै मन्त्रालयले सार्वजनिक स्वास्थ्य संस्थाले पनि शुल्क लिएर आरडीटी र पीसीआर दुवै परीक्षण गर्न पाउने नीतिगत निर्णय समेत गरेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र शर्त पालना गर्नेगरी तोकिएका सार्वजनिक संस्थाहरूलाई परीक्षण गर्न दिने मन्त्रालयले निर्णय गरेको हो।
स्वदेशी तथा विदेशी नागरिकहरूले लक्षण नदेखिएको भएपनि अब स्वेच्छाले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरूमा गएर परीक्षण गर्न पाउनेछन्।
" /> काठमाडौं। नेपालमा आज (६ जेठमा) एकैदिन ३२ जना संक्रमित थपिएका छन् भने एकजना कोरोनामुक्त भएर घर फर्किएका छन्।दिउँसोसम्म झापामा नौसहित देशभर २७ जना संक्रमित थपिएका थिए। अबेर राति धनकुटामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै आज थपिएका संक्रमितको संख्या ३२ पुगेको हो।

">