भोजपुर। कोरोना संक्रमणको जोखिमकाबीच अग्रभागमा रहेर काम गरिरहेका ६७ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।
कोभिड-१९ परीक्षणका लागि नमूना संकलन गरिएकाहरूमा कर्मचारी, पत्रकार, व्यापारी, सुरक्षाकर्मी र सवारीचालक छन्।
जिल्ला कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य कार्यालय भोजपुर र जिल्ला अस्पतालले नमूना संकलन गरेको हो।
सबै स्वाब नमूना परीक्षणका लागि धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
पर्सि, ८ जेठसम्म रिपोर्ट आउने स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए।
गत ११ वैशाखमा हतुवागढी गाउँपालिकाको होम्ताङस्थित् एक २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको थियो।
संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै प्रत्यक्ष जनसम्पर्कमा रहेर काम गर्ने व्यक्तिहरूको नमूना स्वाब संकलन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए।
" /> भोजपुर। कोरोना संक्रमणको जोखिमकाबीच अग्रभागमा रहेर काम गरिरहेका ६७ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।कोभिड-१९ परीक्षणका लागि नमूना संकलन गरिएकाहरूमा कर्मचारी, पत्रकार, व्यापारी, सुरक्षाकर्मी र सवारीचालक छन्।

">