काठमाडाैं। आज दिउँसो १२ बज्दै थियो। सडक सुनसान थिए। शहरमा सन्नाटा छाइरहेको थियो। तर, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भने भीडभाड थियो। कोरोना संक्रमण भए, नभएको परीक्षण गर्न पुगेकाहरूकै कारण भीड भइरहेको थियो। त्यसरी परीक्षण गर्न कोही धादिङबाट पुगेका थिए त कोही रौतहटबाट।
शुक्रराज ट्रपिकल अस्पताल उच्च जोखिमयुक्त क्षेत्र हो। यो तथ्य उनीहरूलाई थाहा थिएन सायद। अस्पताल पुगेका मानिसहरूले मास्क लगाए पनि सामाजिक दूरी भने कायम गरेका थिएनन्। एउटै समूहमा धेरै मानिस बसिरहेका थिए। कोही रिपोर्ट लिन कुर्दै थिए त कोही परीक्षणका लागि लाइनमा उभिएका। परीक्षणकै लागि केही सुरक्षाकर्मी पनि भीडभाडमा उभिइरहेका थिए।
स्वाब परीक्षण गराउन पुग्नेहरूको भने आफ्नै पीडा छ। धेरैजसो त घरबेटीको करकापका कारण परीक्षण गराउन पुगेका भेटिए। तीमध्ये एक थिए बाबुलाल साह।

रौतहटका ४५ वर्षीय बाबुलाल आठ दिनअघि काठमाडौं फर्किएका थिए, हात भाँचिएको छोरालाई उपचार गर्न। महाँकालस्थित ट्रमा सेन्टरमा उनको छोराको उपचार भइरहेको छ।
बाबुलाल काठमाडौंको जोरपाटीमा तरकारी व्यवसाय गर्छन्। र, जोरपाटीमै कोठा भाडा लिएर बस्छन्। लकडाउनकै बेला आफ्नो घर रौतहट पुगेका उनी छोराको हात भाँचिएपछि उपचार गराउन काठमाडौं आएका हुन्। तर, अस्पतालबाट कोठामा जाँदा उनलाई घरबेटीले रोके। कोठामा आउन उनलाई अनुमति दिएन। आठ दिनदेखि ट्रमा सेन्टरमै बसिरहेका छन्, बाबुलाल।
“बजारमा तरकारी बेच्न दिएको छैन, घरबेटीले कोरोना जँचाएर मात्र आउनु भनेका छन्, त्यसैले परीक्षण गराउन टेकु आएको छु”, उनले भने, “बजारमा पनि परीक्षण गराएर मात्र तरकारी पसल गर्न भनेको छ।”
काठमाडौंका अधिकांश ठाउँमा घरबेटीले चेकजाँच गराएर मात्र कोठामा आउन भनिरहेका छन्। कतिपय नगरपालिकाले नै संक्रमण देखिएका जिल्लाबाट आउने मानिसहरूलाई परीक्षण गराएर मात्र कोठामा प्रवेश दिन सूचना नै जारी गरेका छन्।
भक्तपुरको लोकन्थलीमा कोठा भाडा लिएर बस्ने सर्लाहीको मलंगवाका एक विद्यार्थी पनि त्यसैगरी घरबेटीको दबाबमा परेपछि स्वाब परीक्षणका लागि टेकु पुगेका थिए। लकडाउनकै बेला सर्लाहीबाट आएका उनले स्वाब परीक्षण नगर्दासम्म घरबेटीको व्यवहार नै नराम्रो भयो। रिपोर्ट नेगेटिभ आएपछि भने घरबेटीले राम्रो व्यवहार गर्न थालेको उनी बताउँछन्।
तर, घरबेटीको दबाबले मात्र परीक्षण गर्न आउनेहरू भने छैनन्।

रामेछाप, सुनापाती-२ का ३६ वर्षीय मिर्गौला पीडित धनबहादुर श्रेष्ठ कोरोना परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए। डायलासिसका लागि निरन्तर फ्लोअपमा उनी ललितपुरस्थित निदान हस्पिटल गइरहन्छन्। त्यहाँका डाक्टरले कोरोना संक्रमण परीक्षण गर्न सुझाएपछि टेकु आइपुगेको उनले बताए।
“मिर्गौलापीडितले एकपटक कोरोना परीक्षण गराउँदा राम्रो हुन्छ, त्यसैले परीक्षण गराईहालौं भनेर अस्पताल आएको हो”, उनले देखापढीसँग भने।
कतिपयले भने संक्रमण भए/नभएको ढुक्क हुनैका लागि पनि अस्पताल आएको बताए। धादिङ, नीलकण्ठ नगरपालिका-३ का तुलबहादुर थापा पेशाले सवारी चालक हुन्। उनी परीक्षण गराएर ढुक्क हुन खोजेकाले अस्पताल आएको बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा अहिले पाँचजना संक्रमित छन् भने २२ जना आइसोलेसनमा छन्। आरडीटी परीक्षणमा पोजिटिभ देखिएका १७ जना पनि अस्पतालमा छन्।

यस्तो अवस्थामा अस्पतालमा परीक्षण गराउन आएका व्यक्तिले सचेतना नअपनाउँदा अस्पतालबाटै संक्रमित हुने जोखिम बढेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए। उनका अनुसार अस्पतालमा दैनिक २०० देखि ३५० जना जति स्वाब संकलन गराउन पुग्ने गर्छन्।
“भीडभाड नगर्न भनेका छौं, सामाजिक दूरी कायम राखेर बस्न भन्छौं, तर पनि मानिसहरू कुरा बुझ्दैनन्”, उनले देखापढीसँग भने, “हिजोअस्ति भन्दा कम भएको छ। अस्पतालभित्र सामाजिक दूरी कायम राख्न भनेर एक मिटरको दूरीमा गोलो घेरा बनाएका छौं, तर पनि उल्लंघन भइरहेको छ।”
कोठा भाडामा बस्ने व्यक्ति, सुरक्षाकर्मी, अड्डा अदालतमा काम गर्ने, सवारी चालकहरू बढीजसो परीक्षणका लागि अस्पताल आउने गरेको निर्देशक राजभण्डारीले बताए। भने, “स्वाब संकलनका लागि प्रहरीको अस्पताल, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पतालमा पनि व्यवस्था हुनुपर्थ्यो।”
अस्पतालमा ३० वटा आइसोलेसन बेड र २३ वटा आईसीयु बेडहरू छन्। भेन्टिलेटर सातवटा छन्। अस्पतालका निर्दशक भण्डारीका अनुसार पहिलेभन्दा अस्पताललाई सुधार गर्दै लगिएको छ।
" /> काठमाडाैं। आज दिउँसो १२ बज्दै थियो। सडक सुनसान थिए। शहरमा सन्नाटा छाइरहेको थियो। तर, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भने भीडभाड थियो। कोरोना संक्रमण भए, नभएको परीक्षण गर्न पुगेकाहरूकै कारण भीड भइरहेको थियो। त्यसरी परीक्षण गर्न कोही धादिङबाट पुगेका थिए त कोही रौतहटबाट।

">