काठमाडौं। राष्ट्रिय सूचना आयोगले कोरोनाबाट संक्रमित वा मृत्यु भएका व्यक्तिहरूको स्थायी र अस्थायी ठेगाना दुवै स्पष्ट हुने गरेर सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
आयोगले एक विज्ञप्ति जारी गर्दै संक्रमित वा मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण वा मृत्यु हुँदाका बखत बसोबास गरेको स्थान र स्थायी ठेगानासमेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम आदेश दिइएको जनाएको छ।
एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएकाले सूचनामा थप स्पष्ट गराइ सर्वसाधारणमा सृजना भएको अन्योल हटाउन आयोगले आदेशमा भनेको छ।
“संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाका स्थान फरक हुन सक्दछ। यसलाई स्पष्ट पार्नु आवश्यक छ”, आयोगले भनेको छ।
कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचना प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै यसबाट सम्बन्धित व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दूरगामी हुने भन्दै आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
“यस सन्दर्भमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २८ ले सार्वजनिक निकायले आफूसमक्ष रहेका व्यक्तिगत प्रकृतिका सूचनाहरू अनधिकृत प्रकाशन र प्रसारण नहुने गरी संरक्षण गरिराख्नु पर्ने भन्ने व्यवस्था गरेको तर्फ ध्यानाकर्षण गराइन्छ”, आयोगको विज्ञप्तिमा भनिएको छ।
यस्तै सूचना आयोगले सरकारका नाममा विभिन्न १६ बुँदे निर्देशनसमेत जारी गरेको छ।
यो पनि पढ्नुहोस्
संक्रमितको स्थायी ठेगाना मात्रै सार्वजनिक गरिँदा झन् बढ्यो अन्योल र त्रास
" /> काठमाडौं। राष्ट्रिय सूचना आयोगले कोरोनाबाट संक्रमित वा मृत्यु भएका व्यक्तिहरूको स्थायी र अस्थायी ठेगाना दुवै स्पष्ट हुने गरेर सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।आयोगले एक विज्ञप्ति जारी गर्दै संक्रमित वा मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण वा मृत्यु हुँदाका बखत बसोबास गरेको स्थान र स्थायी ठेगानासमेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम आदेश दिइएको जनाएको छ।

">