चन्द्रागिरिमा ११३ जनाकाे आरडीटी परीक्षण, ९ जेठसम्म नगर क्षेत्र ‘सिल’

काठमाडौं। चन्द्रागिरि नगरपालिकामा ११३ जनामा आरडीटीमार्फत् काेभिड-१९ परीक्षण गरिएको छ। यसैगरी, २० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

चन्द्रागिरि नगरपालिकामा पाँचजनामा कोरोना संक्रमित देखिएपछि आज परीक्षण थालिएको हो।

५२१ जनाको आरडीटी परीक्षण गर्ने लक्ष्य लिइएकोमा आज ११३ जनाको परीक्षण गरिएको चन्द्रागिरि नगरपालिका-१५ का वडाध्यक्ष उत्तमबहादुर राउतले बताए।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिका उच्च जोखिममा रहेको भन्दै ३ जेठबाट नगर सिल गरिएको थियो।

७ जेठसम्म सिल गरिएको नगर क्षेत्र अब ९ जेठसम्म कायम रहनेछ। चन्द्रागिरि नगर क्षेत्रमा बसोबास गर्ने पाँचजनामा कोरोना संक्रमण देखिएकाे छ।

परीक्षणको काम नसकिने भन्दै दुई दिन थप गरिएको वडाध्यक्ष राउतले बताए।

क्वारेन्टाइनमा रहँदा कोरोना पोजिटिभ देखिएको खण्डमा दहचोकमा रहेको मनमोहन अस्पतालको आइसलेसनमा राख्ने व्यवस्था गरिएकाे उनकाे भनाइ छ।

१५ वटा वडा रहेको नगरपालिकामा अहिलेसम्म तीनवटा वडामा मात्र कोरोना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्