काेराेना संक्रमित भेटिएपछि इटहरी उपमहानगरपालिका-२ र ३ ‘सिल’
इटहरी। इटहरी उपमहानगरपालिका-२ का एक युवकमा काेराेना संक्रमण देखिएपछि वडा नं. २ र ३ ‘सिल’ गर्ने निर्णय गरिएकाे छ।

उपमहानगरपालिका प्रमुख द्वारिकालाल चाैधरीकाे अध्यक्षतामा बसेकाे बैठकले ती दुईवटा वडा ११ जेठसम्मका लागि सिल गर्ने निर्णय गरेकाे हाे।

वडा सिल गरेर संक्रमित युवककाे ‘कन्ट्याक्ट ट्रेसिङ’ शुरू गरिएकाे छ।

बैठकले इटहरी उपमहानगरभित्रका औषधि पसलबाहेकका सबै पसल र आवतजावत बन्द गर्ने निर्णय गरेको छ।

घरैमा बसेर लकडाउनको पूर्ण पालना गरी कोरोना नियन्त्रणको अभियानमा सहयोग गर्न नगरवासीमा उपमहानगरले आग्रह गरेको छ।

यसैबीच ती युवकले इटहरीको एक क्लिनिकमा पनि उपचार गराएको पाइएकाले ९ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्