काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाका तीनवटा वडामा लकडाउन थप कडाइ गरिने भएको छ।
बूढानीलकण्ठ-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएसँगै आसपासका तीनवटा वडामा लकडाउनलाई थप कडाइ गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए। उनका अनुसार नगरपालिकाका वडा नं १०, ११ र १२ मा संक्रमणको जोखिमलाई ध्यानमा राखेर लकडाउनलाई प्रभावकारी बनाइनेछ।
सर्लाही, रामनगर स्थायी घर भई हाल तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि उनी बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर बन्द गरिएको छ।
नगरपालिकाका तीनवटा वडाका खुला स्थानमा तरकारी बजार तथा गाडामा तरकारी बिक्रीवितरण पूर्णरूपमा बन्द गरिएको छ।
यसैगरी अत्यावश्यक काम नभई विनाकाममा घर बाहिर निस्केको तथा हिँडडुल गरेको थाहा भएमा लकडाउन उल्लंघन गरेको ठहर गरी ५०० रूपैयाँ जरिवानासहित कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
नगरपालिकाले तोकिएको बाहेकका व्यवसाय तोकिएको समयबाहेक सञ्चालन गरेमा कानूनबमोजिम कारबाही तथा एक हजार रूपैयाँ जरिवानासमेत गरिने नगरपालिकाले जनाएको छ।
साथै सो क्षेत्रका मासु पसल पूर्णरूपमा बन्द गर्ने निर्णय गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने सवारीसाधनले मानिस ओसारपसार गरेको पाइएमा कारबाही गरिने प्रवक्ता भट्टराईकाे भनाइ छ। रासस
" /> काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाका तीनवटा वडामा लकडाउन थप कडाइ गरिने भएको छ।बूढानीलकण्ठ-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएसँगै आसपासका तीनवटा वडामा लकडाउनलाई थप कडाइ गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए। उनका अनुसार नगरपालिकाका वडा नं १०, ११ र १२ मा संक्रमणको जोखिमलाई ध्यानमा राखेर लकडाउनलाई प्रभावकारी बनाइनेछ।

">