बर्दियाकाे राजापुरमा कोरोना अस्पताल बनाउन माग
बर्दिया। बर्दियाको राजापुर नगरपालिकामा कोरोना अस्पताल बनाउन माग गर्दै राजापुरवासीले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रदेश ५ का मुख्यमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएका छन्।

कोरोना संक्रमण बढिरहेकाले सुविधासम्पन्न अस्पताल आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेमार्फत् मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो।

राजापुर-५ स्थित किसान माविको क्वारेन्टाइनमा रहेकी ११ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि लैजाने क्रममा असुविधा भएको भन्दै अस्पताल बनाउन माग गरिएको हो।

उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीको नेतृत्वमा गएको टोलीले तत्काल राजापुरमा आइसोलेसनसहितको अस्पताल बनाउन माग गरेको हो।

स्थानीयवासीले प्रदेश सभाका सदस्य दीपेश थारु र  नगर प्रमुख शिवप्रसाद चौधरीको ध्यानाकर्षणसमेत गराएका छन्।

कोरोना संक्रमित बालिकालाई उपचारका लागि दाङको अस्पतालमा भर्ना गराउन समस्या भएको घटना स्मरण गर्दै स्थानीय अगुवाले अबका दिनमा यस्तो समस्या नहोस् भन्नका लागि राजापुरमै अस्पताल निर्माण गर्न आवश्यक रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत् मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएका हुन्। रासस

प्रतिक्रिया दिनुहोस्