अर्घाखाँचीका सीमानाका बन्द

अर्घाखाँची। छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै नाका बन्द गरिएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाका अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए।

कपिलवस्तुसँगको पत्थरकोट, पाल्पाको तीनगीरे, गुल्मीका नेटा र सौतामारे, प्युठानको ढाकावाङलगायत क्षेत्र बन्द भएका छन्।

बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ।

त्यस्तै तरकारी, दूध, किराना र मासु पसल बिहान ७ देखि १० बजेसम्म खोलिने छ।

अहिलेसम्म जिल्लामा कोरोना संक्रमित फेला नपरे पनि भारतलगायत मुलुकबाट आएर क्वारेन्टाइनमा बस्ने १५० हाराहारीमा भएको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्