नुवाकोट। नुवाकोटामा आज झण्डै ५०० जनाको र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ। त्रिशूली अस्पताल र ककनी गाउँपालिकाको सिसडोल क्षेत्रका व्यक्तिको आरडीटी गरिएको हो।
अस्पतालका कर्मचारी र विदुर नगरपालिकाका कर्मचारी गरी १६३ जनाको आरडीटी गरिएकामा आठ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट डा. रेमकुमार राईले बताए ।
अस्पतालबाट आठ सहित १५ नमूना स्वाब पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ।
यस्तै ककनी १ र २ को सिसडोल क्षेत्रका पनि आज परीक्षण गरिएको छ। ३३३ जनाको आरडीटी गरिएकामा १४ जनाको पोजिटिभ देखाएको थियो। आरडीटीमा पोजिटिभ देखाएको १४ जनासहित १५२ जनाको पीसीआर परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक जीवन भट्टराईले बताए।
काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखाको टोली आएर परीक्षण गरिएको थियो। सिलडोल क्षेत्रमा कोरोना भाइरसको परीक्षण हुनुपर्ने माग गर्दै स्थानीयवासीले दुई दिनअघि महानगरपालिकाबाट ल्याइने फोहोर रोकेका थिए। ५ जेठमा कोरोना भाइरसको आजदेखि नै परीक्षण गरिने सहमति भई स्थानीयवासीले फोहोर फाल्न गरेको अवरोध हटाएका थिए। रासस
" /> नुवाकोट। नुवाकोटामा आज झण्डै ५०० जनाको र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ। त्रिशूली अस्पताल र ककनी गाउँपालिकाको सिसडोल क्षेत्रका व्यक्तिको आरडीटी गरिएको हो।अस्पतालका कर्मचारी र विदुर नगरपालिकाका कर्मचारी गरी १६३ जनाको आरडीटी गरिएकामा आठ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट डा. रेमकुमार राईले बताए ।

">