हङकङ प्रदर्शनमा विदेशीको सहभागिताः चिनियाँ विदेशमन्त्री यी

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी ले हङकङमा भएको ‘प्रजातान्त्रिक’ आन्दोलनलाई विदेशी सहयोग रहेको भन्दै आन्दोलनलाई स्वीकार नगर्ने बताएका छन्।

फ्रान्सेली समाचार संस्था एएफपीलाई अन्तर्वार्ता दिंदै यी ले आन्दोलन शान्तिपूर्ण नरहेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘आन्दोलन पूर्ण रुपमा हिंसात्मक छ। यस्ता आन्दोलन कुनै पनि देशमा स्वीकार्य हुँदैन ।’

आन्दोलनकारीले सार्वजनिक सवारी साधनमा अवरोध गरेको तथा प्रहरी र बटुवामाथि समेत आक्रमण गरेको विदेशमन्त्री यी को भनाइ छ ।

हङकङमा पाँच महीनादेखि ‘प्रजातन्त्र’ प्राप्तिका लागि आन्दोलन भइरहेको छ। हङकङ सरकार बेइजिइङप्रति उत्तरदायी हुने व्यवस्था छ ।

बेइजिङले हङकङलाई केही स्वतन्त्रता दिएर अन्तर्राष्ट्रिय अर्थतन्त्रको केन्द्रको रुपमा विकसित गरेको छ।