प्रदेश २ र ५ मा १०/१० जना चिकित्सकको थप टोली पठाइने
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम देखा परेको प्रदेश २ र ५ मा थप चिकित्सकको टोली पठाउने भएको छ।

मन्त्रालयले ती दुवै प्रदेशमा १०/१० जना चिकित्सकको टोली पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमितको संख्या धेरै देखिएको क्षेत्रलाई केन्द्रित गरेर त्यहाँ टोली परिचालन गर्न लागिएको हो।

त्यहाँ जाने टोलीले ब्यापकरूपमा नमूना संकलन गरेर परीक्षण गरिनेछ।

अहिले सबैभन्दा बढी जोखिम यी दुईवटा प्रदेशमा देखिएको छ। मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश २ मा १३६ र प्रदेश ५ मा १७६ जना संक्रमित पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्