झापाका कोरोना संक्रमित पुरुष निको भएर घर फर्किए, निको हुनेको संख्या ३७ पुग्यो
काठमाडौं। नेपालमा थप एकजना कोराना संक्रमित बिरामी निको भएर घर फर्किएका छन्।

कोशी अस्पताल विराटनगरमा उपचाररत एकजना कोरोना संक्रमित बिरामी आज डिस्चार्ज भएका हुन्।

झापाका ६२ वर्षीय पुरुष २५ दिनपछि अस्पतालबाट निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनको कोरोना परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन्।

योसँगै नेपालमा ३७ जना बिरामी निको भएर घर फर्किएका छन्।

आजसम्मका संक्रमितको अस्पताल बसाइ  हेर्दा औषत १९ दिन देखिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्