काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा संक्रमित ५९ जनालाई २४ घण्टासम्म पनि आइसोलेसनमा राखिएको छैन।

हिजो, ५ जेठमा संक्रमित पुष्टि भएका ५९ जना अहिलेसम्म पनि नरैनापुर क्षेत्रमा नै छन्। संक्रमित व्यक्तिहरूलाई तत्कालै आइसोलेसनमा भर्ना गर्नुपर्ने भए पनि त्यहाँका संक्रमित अहिलेसम्म क्वारेन्टाइन बनाइएका ठाउँमै छुट्टै राखिएको छ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य सहसंयोजक नागेन्द्रकुमार साहले अहिलेसम्म आइसोलेसनमा लग्न नसकिएको बताए। “नेपालगञ्ज लैजान भनेर एम्बुलेन्स पुगेका छन्”, उनले भने, “साँझसम्म उनीहरूलाई आइसोलेसनमा लगेर राखिन्छ होला।”

उनले क्वारेन्टाइनस्थलमै अलग्गै सबै संक्रमितलाई राखिएको बताए। जिल्ला प्रशासन कार्यालयले हिजो संक्रमितहरूलाई नरैनापुरकै प्राथमिक स्वास्थ्य केन्द्रमा राख्ने तयारी गरेको थियो। तर, त्यहाँ तत्कालै मापदण्डअनुसारको आइसोलेसन कक्ष बनाउन नसकिने देखिएपछि पुनः उनीहरूलाई नेपालगञ्जस्थित लाइन्स डेन्टल अस्पतालको आइसोलेसन कक्षमा राख्ने निर्णय भएको थियो।

तर, संक्रमित पुष्टि भएको २४ घण्टा बितिसक्दा पनि बिरामीहरू आइसोलेसनमा भर्ना हुन सकेका छैनन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार नेपालगञ्ज क्षेत्रमा स्थानीयवासीले पनि अन्यत्रका संक्रमित ल्याउन नदिने भन्दै विरोध गरेका थिए। तर, प्रशासनले उनीहरूलाई सम्झाइबुझाइ गरेपछि समस्या समाधान भएको थियो।

उता नरैनापुर गाउँपालिकामा संक्रमित पुष्टि भएका ५९ जनालाई अन्यत्र लैजान नदिने भन्दै स्थानीयवासीले नै अवरोध गरेपछि समस्या देखिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले नरैनापुरका स्थानीयवासीसँग छलफल भइरहेको बताए।

“त्यहाँका बिरामीलाई नेपालगञ्ज ल्याउने भनेर एम्बुलेन्स पनि पुगिसकेको छ”, उनले भने,“तर ४०० भन्दा बढी स्थानीय भेला भएर अवरोध गरेपछि केही समस्या देखिएको छ।”

स्थानीयले अवरोध गरेपछि अहिले त्यहाँ थप सुरक्षाकर्मीहरू परिचालन गर्न लागिएको छ।

नरैनापुरका स्थानीयले गाउँपालिकामा नै बिरामीको उपचार हुनुपर्ने भन्दै विरोध गरिरहेका छन्। लकडाउनका समयमा सामाजिक दूरी कायम गर्नुपर्ने ठाउँमा संक्रमणको जोखिम भएको गाउँपालिकामा ठूलो संख्यामा मानिसहरूको भीड जम्मा हुँदा त्यसले थप जोखिन बढ्ने देखिएको त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मी बताउँछन्।

" /> काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा संक्रमित ५९ जनालाई २४ घण्टासम्म पनि आइसोलेसनमा राखिएको छैन।

"> २४ घण्टा बित्दा पनि नरैनापुरका संक्रमित आइसोलेसनबाहिर: Dekhapadhi
२४ घण्टा बित्दा पनि नरैनापुरका संक्रमित आइसोलेसनबाहिर

प्रतिक्रिया दिनुहोस्