धादिङको जुँगेखोला क्षेत्र ११ जेठसम्मका लागि ‘सिल’
धादिङ। थाक्रे गाउँपालिका-८ स्थित जुँगेखोला क्षेत्रमा बसोबास गर्ने एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र ‘सिल’ गरिएको छ।
आजदेखि ११ जेठसम्म पाँच दिनका लागि सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए।
पूर्वमा धार्केखोला पुल, पश्चिममा आठकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय भएको उनले बताए।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा थाक्रे गाउँपालिकामा आज बसेको जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिको बैठकले गाउँबाट कोही मानिस बाहिर जान नपाइने तथा भित्र आउन नपाइने गरी सिल गरेकाे हाे।
चार किल्ला क्षेत्रभित्र पूर्ण सिलबन्दी गर्ने, पूर्णरूपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकताअनुसार नेपाली सेनाले भेइकल पट्रोल गर्नेलगायत निर्णय गरेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए।
कोरोना संक्रमित काठमाडौंको बागबजारमा व्यवसाय गरेर बस्ने गरेका थिए। उनी ११ चैतमा थाक्रेस्थित गाउँ आएर २८ मा काठमाडौं नै फर्किएका थिए।
गाउँको स्थानीय व्यक्तिलाई कोरोनाको संक्रमण देखिएपछि अहिले थाक्रे-८, को जुँगेखोला क्षेत्रलाई जिल्ला सुरक्षा समितिले सिल गरेको छ।
संक्रमित व्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाडौं गएकाले उनको सम्पर्कमा रहेका व्यक्तिलाई खोजतलास गर्नका लागि वडाध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली बनाइएको छ।
‘कन्ट्र्याक ट्रेसिङ’ गरिएपछि सबैको कोरोना परीक्षण गरिने योजना छ। रासस
प्रतिक्रिया दिनुहोस्