जाजरकोट। रुकुम पश्चिम आठबीसकोट नगरपालिका–११ चिसापानीकी नौ वर्षीया बालिका चेतना पुनले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी छिन्।

कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय बन्द भएपछि चेतना आफैं पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी हुन्। उनी रहरले नभई बाध्यताले सडकको छेउमा आएर दैनिक बिहानदेखि बेलुकी गिट्टी कुट्छिन्।

उनको उमेरका अधिकांश बालबालिका घरमा अभिभावकसँग लकडाउनको समयमा टिभी हेर्ने गर्छन्। तर, चेतना भने गाउँका अधबैँसे उमेरका महिलासँग गिट्टी कुट्दै जीवन जिउने आधार खोज्दैछिन्। अन्य साथी जस्तै चेतनालाई पनि टिभी हेर्न र महँगो मोबाइलमा गेम खेल्न अनि मीठो मसिनो खाना इच्छा नभएको कहाँ हो र ? चेतना भन्छिन्, “म दुई वर्षको हुँदा आमाले अर्को बिहे गरेर अर्कैको घरमा जानुभयो। बाबा घरमै हुनुहुन्छ, केही दिनपछि विद्यालय खुलेपछि मलाई पढ्ने पैसा चाहिने भएकाले अहिले म आन्टीहरूसँग गिट्टी कुट्दैछु।”

चेतनाकी आमा हिरा पुनले बिहे गरेर अर्कैतिर गएको र बाबा कर्णे पुन एक्लैले केही गर्न नसकेपछि ती बालिकालगायत अन्य दुईजना बालबालिका समस्यमा परेको सँगै गिट्टी कुटिरहेकी भद्री बबालले बताइन्। उनी भन्छिन्, “नानीसँग गिट्टी कुट्न थालेको आज दुई हप्ताभन्दा बढी भयो। हामीसँगै उनी पनि कलिला हातमा फोका उठुन्जेल गिट्टी कुटिरहेकी छिन्।”

उनीसँगै अर्की ११ वर्षीया नमूना आधारभूत विद्यालयमा पढ्ने बालिका रविना विक गिट्टी कुट्दै थिइन्। बिहानैदेखि गिट्टी कुटिरहेकी उनको अनुहारसम्म धुलोले छुट्याउन नसक्ने अवस्थामा पुगेको थियो। गिट्टी कुटेको थुर्पोमा बसेर जोड बलका साथ रविना आफू जीवनलाई समेत प्रवाह नगरी निरन्तर गिट्टी कुटिरहेकी थिइन्। उनी भन्छिन्, “बाबा भारततर्फ कमाइ गर्न जानुभएको छ, आमा एक्लै केही गर्न सक्नुहुन्न ? मैले गिट्टी नकुटी के गर्नु ?”

यी बालबालिकासँग गिट्टी कुटिरहेकी तीन छोरी र एक छोराकी आमा सरस्वती बबालले घरमा सबै अन्न सकिएकाले गिट्टी कुट्न आएको बताइन्। आठबीसकोट नगरपालिकाले श्रम सहकार्यमार्फत् काम गरेर खाद्यान्न पाउने नीति ल्याए पनि आफूहरूका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको उनले बताइन्।

अघिल्लो वर्ष पनि काम गराएर केही नदिएको भन्दै यो वर्ष पनि काम गराउने तर, केही नदिने घटना दोहोरिने पक्का भएकाले नगरका कुरा नपत्याएको उनको प्रतिक्रिया थियो। अहिले जाजरकोट–डोल्पा सडक खण्डमा थुप्रै मानिस गिट्टी कुटेर प्राण बचाउने अभियानमा लागेको बताइएको छ। अरुथोकभन्दा पनि पेट कसरी भर्ने भन्ने चिन्ता भएको उनीहरूको भनाइ छ।

कोरोनाभन्दा पनि भोकको चिन्ता भएको उनीहरूको दाबी छ। पुगेको भए जेठ महीनाको चर्को घाममा गिट्टी कुट्न को आउँथ्यो र भन्दै सीता विकले भनिन्, “अब जे पाइन्छ, त्यही काम गर्ने हो। नगरको कार्यक्रम के छ हामीलाई थाहा छैन। काम गरेपछि चामल दिने त सुनेकी हुँ तर, अहिलेसम्म त्यो काम कहाँ हुँदैछ थाहा पाएकी छैन।”

गरीबी र विपन्नताका कारण जिल्लाका धेरैजसो बालबालिकाले आफ्नो पढाइ र घरखर्च जुटाउनका लागि गिट्टी कुट्ने गरेका छन्। शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता विषयलाई नेपालको संविधानले नागरिकको मौलिक हकअन्तर्गत राखेको भए पनि गरीबी र विपन्नतामा बाँचिरहेका बालबालिकाले आधारभूत शिक्षा हासिल गर्नका लागि पनि गिट्टी कुट्नुको विकल्प नभएको गुनासो उनीहरूको छ। शिक्षामा सबैको सहज पहुँच पुर्‍याउने सरकारको प्रतिबद्धता र जवाफदेहीता गरीब तथा विपन्न बालबालिकाको घर आँगनमा पुग्न नसकेको आरोप स्थानीयवासीको छ।

सम्पन्न घर परिवारका बालबालिका सुविधायुक्त महँगो विद्यालयको पढाइमा प्रतिस्पर्धा गरिरहेको बेला गरीबी तथा विपन्नताको कहालीलाग्दो अवस्थामा बाँचिरहेका बालबालिकाले आफ्नो पढाइ खर्च जुटाउन लकडाउनका बेला पनि गिट्टी कुट्न बाध्य भएका छन्। मजदुरी गर्ने बालबालिकाको सङ्ख्या यति छ भन्ने यकिन नभएको स्थानीय सरकारको मताहतमा रहेका महिला तथा बालबालिका कार्यालयले जनाएको छ।

नगरको दश हजारलाई खाद्यान्न दिने घोषणा

आठबीसकोट नगरपालिकाले खाद्य सङ्कट समाधान गर्न श्रम सहकार्यमार्फत् एकैपटक १० हजार घरधुरीलाई काममा लगाएर खाद्यान्न उपलब्ध गराउने नीति लिएको छ।

खाद्यान्न अभावलाई हल गर्न नगरपालिकाले समस्या परेको ठाउँमा काम दिएर सोवापत खाद्यान्न दिने नीति लिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए। उनले भने, “खाद्य सङ्कट आउने देखेर हामीले पालिकाभित्रका सबै घरधुरीलाई काममा लगाएर हरेक घरमा ५० केजी चामल उपलब्ध गराउने नीति लिएका छौँ।”

नगरपालिकाभित्र १० हजार घरधुरी रहेका छन्। त्यसबाट १०÷१० घरको प्रतिनिधित्व गर्ने एक हजार श्रम सहकार्य समूह बनाएका उनले बताए।

“पालिका र प्रदेशका काम गर्न बाँकी साना विकासका काम यही समूहबाट हुनेछ, हरेक घरले पाँचदेखि सात दिन काम गरेर ५० केजी चामल पाउने छन्। कोही घरमा काम गर्न सक्ने मान्छे नभए समूहकै निर्णयानुसार छिमेकीले काम गरिदिनुपर्नेछ। चामल पाउनबाट कोही घर पनि वञ्चित हुने छैन”, उनले भने।

पालिकाभित्र ५१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन्। तीमध्ये ३५ प्रतिशत दलित समुदाय रहेको उनले बताए। कम्तीमा पाँच हजार क्विन्टल चामल चाहिने नगरपालिकाले जनाएको छ। यो अभियानअन्तर्गत करीब तीन करोडको काम हुने अपेक्षा पालिकाले गरेको छ।  हेमन्त केसी/रासस

" /> जाजरकोट। रुकुम पश्चिम आठबीसकोट नगरपालिका–११ चिसापानीकी नौ वर्षीया बालिका चेतना पुनले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी छिन्।

"> पढाइ खर्च जुटाउन लकडानको समयमा गिट्टी कुट्दै बालबालिका   : Dekhapadhi
पढाइ खर्च जुटाउन लकडानको समयमा गिट्टी कुट्दै बालबालिका

प्रतिक्रिया दिनुहोस्