माछा मार्ने क्रममा करेन्ट लाग्दा कैलालीमा एकजनाकाे मृत्यु
कैलाली। माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा आज एकजनाको मृत्यु भएको छ।

जानकी गाउँपालिका-१, भुर्साका २१ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस् भएका चौधरीलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियाे। उनकाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता  प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चाैधरीसँगै माछा मार्न गएका सोही ठाउँका चारजनालाई नियन्त्रणमा लिएर साेधपुछ भइरहेकाे उनले बताए।

गत २४ वैशाखमा पनि माछा मार्ने क्रममा गौरीगंगा नगरपालिका-४ का ज्ञानेन्द्रबहादुर चौधरीकाे करेन्ट लागेर मृत्यु भएको थियो।

नदीमा माछा मार्नका लागि करेन्टको प्रयोग गरिँदा दुर्घटना भई ज्यानसमेत जाने गरेको छ।

प्रतिक्रिया दिनुहोस्