काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जेठ साँझ सवा आठ बजे सार्वजनिक गरेको विवरणमा दाङको तुलसीपुर नगरपालिका वडा-७ निवासी ३४ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि बताएको थियो।
मन्त्रालयको विवरण सार्वजनिक भएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले ती पुरूषको सम्पर्क विवरण खोज्यो।
तर, मन्त्रालयले सार्वजनिक गरेअनुसारको विवरण भएको व्यक्ति तुलसीपुरमा नभएर काठमाडौंमै भएको तथ्य उपमहानगरपालिकाले पत्ता लगायो।
उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले राति साढे नौ बजे फेसबुकमा स्टेटस नै लेखेर मन्त्रालयले भनेका व्यक्ति तुलसीपुरमा नभएर काठमाडौंमै रहेको बताए। अर्को परीक्षणमा ती व्यक्तिमा संक्रमण नेगेटिभ देखिएको पनि उनले जानकारी गराए।
मन्त्रालयले सोही दिन सार्वजनिक गरेको विवरणमा तुलसीपुर–७ कै ३६ वर्षीय पुरूषमा कोभिड–१८ पुष्टि भएको बताएको थियो। तर, ती व्यक्ति पनि दाङमा थिएनन्।
एक महीनादेखि आफन्तको उपचारको लागि काठमाडौं आएर बिरामी कुरूवाको रूपमा बसेका थिए। काठमाडौंमै उनको स्वाब संकलन भएको थियो। मन्त्रालयले तुलसीपुर वडा नं. ७ का भने पनि ती ३६ वर्षीय युवकको स्थायी ठेगाना वडा नं. ४ भएको पाण्डेले बताए।
“मन्त्रालयले दिएको विवरणले हामी अन्योलमा पर्यौं। काठमाडौंमै भएकोलाई दाङको भनिदिँदा अन्याेल सिर्जना भयो। एक ठाउँको व्यक्तिलाई अर्को ठाउँको भनेर सार्वजनिक गर्दा कन्ट्याक्ट ट्रेसिङमा अनावश्यक समय खर्च भयो”, पाण्डेले गुनासो गरे।
मन्त्रालयले सूचना सार्वजनिक गर्दा नमूना संकलन गरिरहेको र व्यक्ति वर्तमान समयमा बसिरहेको ठाउँको ठेगाना पनि सार्वजनिक गर्दा उनका नजिकको व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने पाण्डेले बताए।
त्यतिमात्रै होइन, बिरामीको तत्कालीन बसोबासको विवरण सार्वजनिक हुँदा उनीसँग नजिक भएका व्यक्तिहरूलाई पनि समयमै सजगता अपनाउन सहज हुने उनको भनाइ छ।
मन्त्रालयले जारी गरेको सूचनाले अन्यौल सिर्जना गरेको त्यो पहिलो घटना भने होइन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की बिरामी इमान्दार नबनिदिँदा समस्या आएको बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ जेठमा गरेको नियमित पत्रकार सम्मेलनमा सर्लाही रामनगरकी १८ वर्षीय युवतीमा कोरोना संक्रमण भएको विवरण सार्वजनिक गरेको थियो। तर, अहिले उनी सर्लाहीमा नभएर काठमाडौंको कपनमा रहेको खुलेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।
“लकडाउनको बीचमा सर्लाही आएर काठमाडौं गएकी रहिछन्। उनको स्वाब काठमाडौंमै संकलन भएर परीक्षण भएको रहेछ। तर, विवरण सार्वजनिक हुँदा सर्लाहीको भनेर आयो”, जिसीले भने, “मलाई ती व्यक्ति पत्ता लगाउन तीन घण्टाभन्दा बढी समय लाग्यो। ३०० जना भन्दा बढी व्यक्तिलाई फोन गरेँ।”
ती १८ वर्षीय युवतीको बुबाको काठमाडौं कपन र जडिबुटीमा फर्निचर कारखाना भएको हुँदा कहिले कपन त कहिले जडिबुटी बस्ने गरेको पत्ता लागेको जिसीले बताए।
अहिले उनको उपचार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ। ती युवतीको परिवार र सम्पर्कमा आएको व्यक्तिको नमूना परीक्षण गर्दा कोरोना नेगेटिभ आएको प्रजिअ जिसीले बताए।
स्वास्थ्य मन्त्रालयको सूचनाले जिसी यसअघि पनि यस्तै अन्योलमा परेका रहेछन्।
सर्लाही स्थायी ठेगाना भएको ४५ वर्षीय पुरूषको कोरोना परीक्षणको लागि धनुषामा स्वाब संकलन भएको रहेछ। उनमा कोभिड-१९ पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्लाहीका व्यक्तिमा कोरोना पुष्टि भन्ने विवरण सार्वजनिक गर्यो। धनुषामा बसोबास गरिरहेका तर, सर्लाहीका व्यक्तिको विवरण पत्ता लगाउन जिसीले ठूलै सकस बेहोर्नुपर्यो।
त्यसैगरी, मन्त्रालयले ३ जेठको राति १० बजे सार्वजनिक गरेको विवरणमा चितवनको गढ्यौली–१ निवासी २५ वर्षीय महिलामा कोभिड–१९ पुष्टि भएको बताएको थियो। तर, ती महिलाको स्थायी ठेगाना चितवन भए पनि उनी हाल काठमाडौंमै बसेर मजदुरी गर्दै आएको राप्ति नगरपालिकाका उपमेयर इमानसिंह लामाले बताए छन्। ती महिलाको पनि काठमाडौंमै स्वाब संकलन गरेर परीक्षण भएको थियो।
माथि उल्लेखित विवरण कोभिड-१९ पुष्टि भएका व्यक्तिको स्थायी ठेगाना मात्रै सार्वजनिक हुँदा उनीहरूको पहिचान र सतर्कता अपनाउन भएको कठिनाइका प्रतिनिधि उदाहरण मात्रै हुन्।
एकातिर रहेका बिरामीको अर्कोतिरको ठेगाना सार्वजनिक हुँदा बिरामी व्यक्ति नभएको ठाउँमा त्रास सिर्जना हुने र भएकै ठाउँमा चाहिँ समयमै थप सतर्कता अपनाउन समस्या भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भने यसो हुनुको दोष सम्बन्धित बिरामीलाई दिन्छन्।
“बिरामीले इमान्दार भएर ठेगाना दिएनन्। बिरामीले फाराम भर्दा जुन ठेगाना उल्लेख गरे त्यही मन्त्रालयले सार्वजनिक गरेको हो”, उनले भने। कोरोना महामारीसँग जुध्न सबै व्यक्ति इमान्दार हुनुपर्ने कार्कीको तर्क छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार धेरैजसो शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भएको कोभिड-१९ को परीक्षणमा आएका नमूनामा यस्तो समस्या देखिएको छ।
शंकास्पद बिरामीको स्वाबको नमूना संकलन गर्नको लागि स्वास्थ्य मन्त्रालयका कर्मचारी मात्रै नगएर प्रहरी र सेनाका मान्छे पनि जाने भएकाले व्यवस्थित रूपमा विवरणहरू नआउने गरेको कार्कीले बताए।
“जुन डाक्टरले नमूना परीक्षणको लागि सिफारिस गरेको हो उसको मोबाइल रिपोर्ट आउने बित्तिकै सूचना जान्छ। मन्त्रालयले विवरण सार्वजनिक गर्नुभन्दा अगाडि नै बिरामीको स्वाब संकलन गरिएको ठाउँका सम्बन्धित स्वास्थ्यकर्मीलाई रिपोर्टको सूचना गइसकेको हुन्छ”, कार्कीले भने।
मन्त्रालयले एक बुँदामा निर्देशन दिँदा मात्रै पनि बिरामीको अस्थायी ठेगाना संकलन र सार्वजनिक गर्न सकिन्छ होइन र ? भन्ने प्रश्नमा कार्की भन्छन्, “हामीले पटक-पटक निर्देशन दिएका छौं। बिरामीले नै खुलेर आफ्नो ठेगाना र आफ्नो सम्पर्कमा भएका मान्छेबारे नबताउँदा समस्या हुने गरेको छ।”
कार्कीले भनेजस्तो बिरामीको अस्थायी ठेगाना संकलन गर्न र सार्वजनिक गर्न त्यत्रो ठूलो समस्या भने होइन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक बुँदे निर्देशनले समाधान हुने समस्या हो यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भने बिरामी हाल बसोबास गरिरहेको ठाउँ सार्वजनिक नहुँदा समस्या भएको स्वीकार्छन्।
उनले पनि बिरामीको विवरण संकलन गर्दा नै अस्थायी ठेगाना नआएको बताए। धेरैजसो शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भएको कोभिड-१९ को परीक्षणमा आएका नमूनामा यस्तो समस्या देखिने गरेको पाण्डेले बताए।
“स-साना कुराले अलमल र समस्या हुँदो रहेछ। अब हामी यसलाई सुधार गर्छाैं। यो ठूलै समस्या भयो”, उदाहरण दिँदै पाण्डेले भने, “हेटौँडाको भनेर विवरण सार्वजनिक भयो। तर, बिरामी वीरगञ्जको रहेछ। त्यो व्यक्ति पत्ता लगाउन निकै समय लाग्यो।”
आगामी दिनमा मन्त्रालयका विवरण पठाउँदा अस्थायी ठेगाना समेत उल्लेख गरेर विवरण पठाउने व्यवस्था मिलाउने उनले बताए। त्यतिमात्रै होइन, जहाँसुकै पनि संक्रमण हुने अवस्था भइसकेकाले सबैजना अत्यन्तै सजग हुनुपर्ने अवस्था आएको पाण्डेले बताए।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जेठ साँझ सवा आठ बजे सार्वजनिक गरेको विवरणमा दाङको तुलसीपुर नगरपालिका वडा-७ निवासी ३४ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि बताएको थियो।मन्त्रालयको विवरण सार्वजनिक भएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले ती पुरूषको सम्पर्क विवरण खोज्यो।

">