काठमाडौं। चेल्सी तथा इङ्ग्ल्यान्डका विंगर कालम हड्सन ओडोईविरुद्ध बलात्कारको आरोप लागेको छ। उनलाई ४ जेठ बिहान बलात्कार आरोपमा पक्राउ गरिएकाे थियाे।
लन्डनमा एक अस्वस्थ महिलाले पुलिस र एम्बुलेन्सलाई बोलाएकी थिइन्। आपतकालीन सेवाहरू त्यहाँ पुगेपछि उक्त महिलाले आफू बलात्कृत भएको रिपोर्ट गरेकी थिइन्। उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
१९ वर्षे हड्सन ओडोईलाई घटनास्थलबाट पक्राउ गरिएको र अहिले उनी हिरासतमुक्त भइसकेको बेलायती संचारमाध्यम बीबीसीले जनाएको छ। उनलाई मध्य जुनसम्मका लागि तारेखमा छाडिएकाे तथा अनुसन्धान जारी रहेको बताइएको छ। चेल्सीले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
हड्सन ओडोईले इङ्ल्यान्डबाट तीन खेल खेलिसकेका छन्। उनले चेल्सीसँग पनि गत सेप्टेम्बरमा पाँच वर्षका लागि नयाँ सम्झाैता गरेका थिए।
उनी कोरोना भाइरस परीक्षणमा पोजिटिभ देखिने पहिलो इङ्लिस प्रिमियर लिगका खेलाडी हुन्। उनी अहिले पूर्णरूपमा ठिक भइसकेका छन्। स्थगन भएको जारी सिजन पुनः शुरू हुने आशामा चेल्सीका खेलाडीहरू ट्रेनिङमा फर्किने तयारी गरिरहेका छन्।
ती महिला हड्सन ओडोईलाई भेट्न अन्यत्रबाट आएको बताइएको छ। जबकि लकडाउनको नियमाअनुसार घरमा एक व्यक्ति मात्रले भेट्न पाउँछन् र उनीहरू घरबाहिर दुई मिटरको दुरीमा बस्नुपर्ने हुन्छ।
" /> काठमाडौं। चेल्सी तथा इङ्ग्ल्यान्डका विंगर कालम हड्सन ओडोईविरुद्ध बलात्कारको आरोप लागेको छ। उनलाई ४ जेठ बिहान बलात्कार आरोपमा पक्राउ गरिएकाे थियाे।लन्डनमा एक अस्वस्थ महिलाले पुलिस र एम्बुलेन्सलाई बोलाएकी थिइन्। आपतकालीन सेवाहरू त्यहाँ पुगेपछि उक्त महिलाले आफू बलात्कृत भएको रिपोर्ट गरेकी थिइन्। उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

">