कोरोना संक्रमण फैलिने भन्दै रुपन्देहीमा स्थानीयद्वारा औषधी उद्योग बन्द <p>काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्थानीवासीले रुपन्देहीको औषधि उद्योग बन्द गराएका छन्।</p> <p>स्थानीयवासीले रुपन्देहीमा रहेको एशियन फर्मासिटिकल्सको उद्योग दुई दिनदेखि बन्द गरेका हुन्।</p> <p>लकडाउनमा पनि सञ्चालनमा रहेको उद्योग स्थानीयले कोभिड-१९ को त्रास देखाउँदै बन्द गर्न दबाब दिएको फर्मासिटिकल्सका कार्यकारी निर्देशक शंकर घिमिरेले बताए।</p>
प्रतिक्रिया दिनुहोस्