क्रिकेटर सन्दीप लामिछानेको नयाँ गीत

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। युट्युबमार्फत नयाँ गीत 'सपर्पित' सार्वजनिक गरेका हुन्।

सन्दीपले यस गीतका लागि लामो समयदेखि काम गरिरहे पनि आज मात्र सार्वजनिक गर्न सफल भएको बताएका छन्। उनले अस्ट्रेलियाको विगबास लिग २०१९-२० देखि यो गीतमा काम थालेको बताएका छन्।

उनले लेखेका छन्, ‘‘आशा छ तपाईंहरूले यस गीतलाई मन पराइदिनुहुनेछ। लकडाउनको समयमा घरमै सुरक्षित बसिदिनु होला। एकअर्काप्रति प्रेम जारी राखौं।’’

सन्दीपको गीतमा साहिल जमिर अलीको शब्द छ भने संगीत र एरेन्ज कमल रानाको छ । गीतको कम्पोज सहिल र सन्दीपले गरेका हुन्।

यसअघि सन्दीपको भेटुँ कसरी, मेमोरी, बगी जाने खोला, यो झरीमा, उदासलगायत गीत सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्