सार्कको विपत व्यवस्थापन केन्द्रले कोभिड १९ बारे सूचना आदानप्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको वेबसाइटले पनि भारतमा संक्रमितको संख्या एक लाख बढी पुगेको देखाएको छ।

" /> सार्कको विपत व्यवस्थापन केन्द्रले कोभिड १९ बारे सूचना आदानप्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको वेबसाइटले पनि भारतमा संक्रमितको संख्या एक लाख बढी पुगेको देखाएको छ।

"> भारतमा संक्रमित एक लाख नाघे: Dekhapadhi
भारतमा संक्रमित एक लाख नाघे
काठमाडौं। पछिल्लो समय कोभिड १९ को केन्द्रविन्दु बन्दै गएको भारतमा संक्रमितको संख्या एक लाख नाघेको छ।

वर्ल्डोमिटर डट इन्फोका अनुसार अहिले दिउँसोसम्ममा भारतमा संक्रमितको संख्या एक लाख एक हजार २६१ जना पुगेका छन्।

भारतमा तीन हजार भन्दा बढीको यसैका कारण ज्यान गइसकेको छ। तीन हजार १६४ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर डट इन्फोको तथ्याङ्कमा देखिन्छ।

भारतमा अहिलेसम्म ३९ हजार २३३ जना उपचारपछि कोरोनामुक्त भएका छन्। भारतको यो तथ्यांक प्रति १० लाख जनसंख्यामा ७३ जनामा संक्रमण र दुई जनाको मृत्यु भएको अनुपात छ।

सार्कको विपत व्यवस्थापन केन्द्रले कोभिड १९ बारे सूचना आदानप्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको वेबसाइटले पनि भारतमा संक्रमितको संख्या एक लाख बढी पुगेको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्