भरतपुर अस्पतालको आईसीयुमा रौतहटका एक व्यक्तिको मृत्यु
काठमाडौं। चितवनको भरतपुर अस्पतालमा रौतहटका एक ६८ वर्षीय व्यक्तिको मृत्यु भएको छ।

आइसीयूमा उपचाररत उनको आज बिहान साढे ८ बजे मृत्यु भएको चितवनका प्रहरी प्रमुख एसपी नान्ती गुरुङले देखापढीलाई जानकारी दिए।

“रौतहटका ती व्यक्ति आज बिहान साढे २ बजे पुगेर अस्पताल भर्ना गरिएको थियो”, उनले भने, “बिहान साढे ८ बजे तिर मृत्यु भएको हो। मृत्यु के कति कारणले भयो भन्ने अहिले यकिन भइसकेको छैन।”

मृतक व्यक्तिको स्वाब संकलन गरेर परीक्षण भइरहेको र त्यसको रिपोर्ट आएपछि मात्रै कारण थाहा हुने उनले बताए।

अस्पताल स्रोतका अनुसार उनी क्षयरोगका बिरामी थिए र नियमित औषधि सेवन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्