कैलालीमा अस्पताल भर्ना भएका पाँचजनाको पीसीआर रिपोर्ट नेगेटिभ
कैलाली। कोरोना भाइरस संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालमा दुई दिनअघि भर्ना भएका कैलालीका पाँचजनाको थ्रोट स्वाब नमूनाको रिपोर्ट नेगिटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले कोरोना आशंकामा भर्ना भएका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको देखापढीलाई बताए।

कोरोना आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उपमहानगरपालिका-५ का ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती त्यसैगरी धनगढी उपमहानगरपालिका-१३ का ३० वर्षीय पुरुषको कोभिड-१९ परीक्षण गरिएको थियो।

अस्पतालमा अहिलेसम्म परीक्षण गरिएका ७१ जनाकै रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठले बताए।

जसमा कैलाली ३९ (५जना समेत), कंचनपुर १७, डोटी र बाजुरा ४/४, बैतडी र दार्चुलाका २/२ साथै बझाङ, दाङ र बर्दियाका १/१ जना छन्।

प्रतिक्रिया दिनुहोस्