झापामा थप नौ जनामा कोरोना संक्रमण, प्रदेश १ मा कूल संक्रमित ५४ जना
काठमाडौं। झापामा थप नौ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कका एक अधिकारीले देखापढीलाई बताए अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा उनीहरूको रिपोर्ट पोजिटिभ पाइएको हो।
उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको छ।
प्रदेश १ मा आजै सुनसरीको भारतसँगको सीमा जोडिएको क्षेत्रमा कार्यरत् एक सशस्त्र प्रहरीमा कोभिड-१९ फेला परेको थियो।
आज थपिएका १० सहित यस प्रदेशमा कूल संक्रमितको संख्या ५४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्