काठमाडौं। ललितपुर, नख्खुकी २८ वर्षिया शर्मिलाले परिवार नियोजनको अस्थायी साधनका रूपमा तीन महीने खानेचक्की प्रयोग गर्छिन्। नजिकै रहेको इनाचोको स्वास्थ्य चौकीबाट चिकित्सकको सल्लाहमा नियमित चक्की खान थालेकी थिइन् उनले।
अहिले उनले खाँदै आएको चक्की सकिन थालेको छ। चक्की लिने स्वास्थ्य चौकीमा लकडाउनका कारण बहिरंग सेवा बन्द छ। लकडाउन लम्बिँदैजाँदा आफूले खाने गरेको तीन महिने चक्की नपाइने चिन्तामा परेकी छन् उनी।
“स्वास्थ्य चौकी बन्द छ,” उनी भन्छिन्, “मेडिकल जाउँ भने पनि बाहिर निस्कनासाथ प्रहरीले कहाँ के गर्न जाने भनेर सोध्छ। सामान्य स्यानिटरी प्याड किन्न जाने भन्न त लाज लाग्छ, अस्थायी साधन लिन जाने भनेर कसरी भन्ने होला ?”
लकडाउनका कारण शर्मिलाका पति घरमै छन्। उनीहरूको एक छोरा पनि छन्। अहिले नै उनीहरू दोस्रो सन्तान चाहँदैनन्। तर अस्थायी साधन नहुँदा गर्भ बस्न सक्ने सम्भावना भएकाले शर्मिला चिन्तित छिन्।
लकडाउनको अप्ठेरोले अनिच्छित गर्भ बस्ने हो कि भन्ने चिन्तामा शर्मिला मात्र होइन अरु थुप्रै महिला छन्। नेपाली औषधि बजारमा परिवार नियोजनका अस्थायी साधनको अभाव भएर उनीहरू चिन्तामा परेका होइनन्। तर लकडाउनका कारण ती साधनसम्म पहुँच नपुग्दा पीर बढेको हो।
महिलामा शिक्षाको स्तर जति बढ्दै गयो, त्यति त्यति आधुनिक साधन प्रयोग घट्दै जाने गरेको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत विवाहित महिलाहरू आधुनिक साधन प्रयोग गर्छन्।
“परिवार नियोजनका अस्थायी साधन बाहिर देशबाट ल्याउनुपर्दैन, नेपालकै सीआरएस कम्पनीले उत्पादन गर्दै आएकोले अभाव सिर्जना भएको छैन,” औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठ भन्छन्, “औषधि पसलहरू खुलेकै छन्। तर त्यहाँसम्म मानिसहरूको पहुँच भने नपुगेर समस्या निम्तिएको हुनसक्छ। यसबारे अध्ययन भएको छैन। अध्ययन हुन जरुरी छ।”
श्रेष्ठका अनुसार २०७२ को महाभूकम्पपछि पनि गाउँघरमा परिवार नियोजनका अस्थायी साधन उपलब्ध नभएको तथ्य सार्वजनिक भएको थियो। अहिले पनि त्यस्तो अवस्था आएको हुन सक्ने र यसबारे अध्ययन हुनुपर्नेमा उनले जोड दिए।
लकडाउनका कारण अहिले सबैजना घरमा छन्। यस्तो बेलामा दम्पत्तीबिच यौनसम्पर्क बढी हुने सम्भावना भएकाले अनिच्छित गर्भ बोक्न महिलाहरू बाध्य हुने परिस्थिती सिर्जना हुनसक्ने स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदी बताउँछन्।
“त्यसै त नेपालमा परिवार नियोजनका अस्थायी साधनको प्रयोग कम छ,” डा. सुवेदी भन्छन्, “लकडाउनका कारण त्यो संख्या झन् बढ्ने खतरा छ।”
यस्तो छ अस्थायी साधन प्रयोग अभ्यास
‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६’ का अनुसार नेपालमा आधाभन्दा बढी (५३ प्रतिशत) १५ देखि ४९ वर्षका विवाहित महिलाहरूले परिवार नियोजनका कुनै न कुनै साधन वा सेवाहरू प्रयोग गरिरहेका छन्।
उनीहरूमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरिरहेका छन्। सबैभन्दा बढी प्रयोग हुने साधन तथा सेवामा क्रमशः महिला बन्ध्याकरण (१५ प्रतिशत), तीन महिने सुई (९ प्रतिशत), पुरुष बन्ध्याकरण (६ प्रतिशत), खानेचक्की (५ प्रतिशत), कण्डम (४ प्रतिशत), इम्प्लान्ट (३ प्रतिशत) र आई.यू.सी.डी (१ प्रतिशत) छ।
विवाहित महिलाहरूले परिवार नियोजनका कुनै पनि किसिमका साधन/सेवाहरूको प्रयोगको प्रवृत्ति हेर्दा सन् १९९६ मा २९ प्रतिशतबाट बढ्दै गएर सन् २०१६ मा आईपुग्दा लगभग दुई गुणाले (५३ प्रतिशत) बढेको छ।
त्यसैगरी, आधुनिक साधन/सेवाहरू सोही अवधिमा २६ प्रतिशतबाट बढेर ४३ प्रतिशतमा पुगेको छ तर सन् २००६ यता भने खासै बढेको छ्रैन। सोही अवधिमा परम्परागत विधि प्रयोग गर्नेहरू सन् १९९६ मा ३ प्रतिशतबाट घटेर २०१६ मा १ प्रतिशत पुगेको छ।
नेपालमा प्रयोगका हिसाबले हेर्ने हो भने पुरुषका तुलनामा महिलाहरूले नै बढी अस्थायी साधनको प्रयोग गरेको देखिन्छ। डा. सुवेदीका अनुसार यौन सम्पर्कको क्रममा आनन्द कम आउने सोचेर पुरुषहरू अस्थायी साधन प्रयोग गर्न चाहँदैनन्।
र, महिलाहरू पनि अस्याथी साधन प्रयोग गरेपछि मोटाउने, अनुहारमा चायाँ आउने, महिनावारी गडबड हुने लगायत समस्या देखाएर प्रयोग गर्न हिच्किचाउँछन्। नेपालमा विवाहित महिलाहरूमध्ये परिवार नियोजनका साधनको माग ७६ प्रतिशत मात्र छ।

जबकि एसएलसी वा सो भन्दा बढी शिक्षा हासिल गरेका ३४ प्रतिशत महिलाहरूले मात्रै यी साधन प्रयोग गर्ने गरेको पाइएको छ। कुनै शिक्षा हासिल नगरेका महिलाहरूमा महिला बन्ध्याकरण सेवा सबैभन्दा बढी २५ प्रतिशत महिलाहरूले अपनाउने गरेका छन्।
विकल्प बनाइँदै गर्भपतन
अस्थायी साधन प्रयोग नगर्दा महिलाहरूमा अनिच्छित गर्भ बस्ने सम्भावना बढि हुन्छ। अनिच्छित नभएको गर्भ बसेपछि कतिपय दम्पतीले गर्भपतनको बाटो रोज्ने गरेको डा. सुवेदीले बताए।
‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ को दफा १८९ ले गर्भपतनलाई महिलाको प्रजनन अधिकार मानेको छ। महिलाको मञ्जुरीमा १२ सातासम्मको तथा जबरजस्ती वा हाडनाता करणीबाट रहन गएको १८ सातासम्मको गर्भ पतन गराउन मिल्ने कानुनी व्यवस्था छ।
त्यसैगरी गर्भको बच्चाका कारण महिलाको जीवन खतरामा पर्नसक्ने अवस्थामा पनि कानुनले गर्भपतनको स्वीकृति दिएको छ। गर्भपतन महिलाको अधिकार हो, तर यौन शिक्षाको कमीले यसको गलत प्रयोग भइरहेको डा. सुवेदी बताउँछन्।
गत वर्ष असोजमा नेपालमा ३ लाख २३ हजार जना महिलाले प्रति वर्ष गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक भएको थियो। २०७६ मा पाचौँ राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा परिवार कल्याण महाशाखाका निर्देशक डा. भीम सिंह तिंकरीले यस्तो तथ्यांक सार्वजनिक गरेका थिए। ती मध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्यांकमा उल्लेख छ।
लकडाउनका बेलामा अस्थायी साधनको प्रयोग बढाउन डा. कृतिपाल सुवेदी सल्लाह दिन्छन्। अस्थायी साधनको प्रयोग गर्दा समस्या देखिने डरले प्रयोग गर्न छोड्न नहुने उनको तर्क छ।
तथ्यांक अनुसार नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेको उनले जनाएका थिए। विश्वमा प्रत्येक वर्ष २ करोड ५० लाख महिला तथा किशोरीहरूले असूरक्षित तरिकाले गर्भपतन गराउने तथ्यांक छ। ५० लाख महिला विभिन्न रोगबाट ग्रसित छन् भने १३ प्रतिशत मातृ मृत्युदरको कारण पनि यही हो।
गर्भपतनसम्म नपुग्नको लागि अस्थायी साधन प्रयोग गर्नुपर्ने हुन्छ। लकडाउनका बेलामा अस्थायी साधनको प्रयोग बढाउन डा. सुवेदी सल्लाह दिन्छन्। अस्थायी साधनको प्रयोग गर्दा समस्या देखिने डरले प्रयोग गर्न छोड्न नहुने उनको तर्क छ।
स्वास्थ्यकर्मीको सल्लाहमा आफूलाई उपयुक्त हुने अस्थायी साधन प्रयोग गर्नुपर्ने, आफूलाई उपयुक्त नभएको साधन प्रयोग गरेमा मात्रै विभिन्न समस्या देखिने उनले बताए।
“औषधि हो, यसको साइड इफेक्ट त हुन्छ नै। तर, चिकित्सकको सल्लाहमा परिवार नियोजनको साधन प्रयोग गर्नाले मानव स्वास्थ्य र प्रजननमा असर गर्दैन, जति गर्भपतन गर्दा समस्या देखिन सक्छ,” उनी भन्छन्, “जति पटक शरीरभित्र उपकरण छिरायो उति नै पाठेघर संक्रमित हुने जोखिम बढ्छ।
असुरक्षित गर्भपतनले पाठेघरको क्यान्सर गराइदिन सक्छ। मिर्गौला फेल गराएर ज्यानसमेत जान सक्छ। २० वर्षमुनिका किशोरीले गर्भपतन गराउँदा उनीहरूमा बाँझोपनसमेत बढ्ने सम्भावना हुन्छ। त्यसैले गर्भपतनसम्म पुग्नुभन्दा यौन सम्पर्क राख्दा परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ।”
लकडाउनको समयमा अस्थायी साधनको प्रयोग सामान्य बनाउन सरकारले पनि विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।
" /> काठमाडौं। ललितपुर, नख्खुकी २८ वर्षिया शर्मिलाले परिवार नियोजनको अस्थायी साधनका रूपमा तीन महीने खानेचक्की प्रयोग गर्छिन्। नजिकै रहेको इनाचोको स्वास्थ्य चौकीबाट चिकित्सकको सल्लाहमा नियमित चक्की खान थालेकी थिइन् उनले।अहिले उनले खाँदै आएको चक्की सकिन थालेको छ। चक्की लिने स्वास्थ्य चौकीमा लकडाउनका कारण बहिरंग सेवा बन्द छ। लकडाउन लम्बिँदैजाँदा आफूले खाने गरेको तीन महिने चक्की नपाइने चिन्तामा परेकी छन् उनी।

">