प्रदेश १ सभाको बर्खे अधिवेशन १४ जेठबाट आव्हान गर्न सिफारिस

विराटनगर। प्रदेश १ सभाको छैटौं अधिवेशन १४ जेठबाट आव्हान गर्न प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको छ।

१४ जेठ अपरान्ह २ बजे बैठक बोलाउने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकरी दिए।

अधिवेशनमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ।

अविधेशन साविककै प्रदेशसभा हलमा सामाजिक दूरी कायम गरेर संचालन गरिने भएको छ।

यस प्रदेशमा ९३ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्