राँझा। बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि 'सिल' गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले हिजै साँझदेखि नरैनापुरलाई जोखिम क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मलाई पूर्ण रूपमा 'सिल' गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।
सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन्।
यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ। सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रूपमा आवतजावत ठप्प गरिएको उपाध्यायले जानकारी दिए। त्यहाँ धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
नरैनापुरमा हिजो फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६८ पुगेको छ। यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जाने गरी नौ जनामा सङ्क्रमण देखिएको थियो।
नरैनापुरमा शुरूमा फेला परेका आठजनासँगको सम्पर्कमा आएका २६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
हिजो संकलन गरिएको ९३ सहित अझै ११० जनाको स्वाब परीक्षणका क्रममा छ। यससँगै बाँकेमा ९३ जनामा कोभिड-१९ पुष्टि भएको छ। रासस
" /> राँझा। बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि 'सिल' गरेको छ।जिल्ला सुरक्षा समितिको बैठकले हिजै साँझदेखि नरैनापुरलाई जोखिम क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मलाई पूर्ण रूपमा 'सिल' गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

">