नयाँ नक्शा जारी गरिएको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरिने छ : मुख्यमन्त्री पौडेल
“यो दिन नेपाली इतिहासमा गर्विलो दिनका रूपमा लेखिने छ। नेपाली भूमि भइकन पनि हिजोको दिनमा नेपालकै नक्शाबाट हटाइएको क्षेत्र समेटेर नक्शा जारी गर्ने सरकारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निकै नै महत्वपूर्ण छ।”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।
उनले अर्थतन्त्र, क्षेत्रफल र जनसङ्ख्याका हिसाबले देश साना र ठूला होलान् तर सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान हरेक देशको बराबर हुन्छ भन्ने भनाइ सिद्द भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।
नक्शा जारीको विषयलाई लिएर प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेलले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन्।
सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सरकारको निर्णयको प्रशंसा गरेका छन्। रासस
प्रतिक्रिया दिनुहोस्