दक्षिण सुडानका उपराष्ट्रपति नै कोरोना भाइरस संक्रमित

जुबा। पूर्वी अफ्रिकी मुलुक दक्षिण सुडानका उपराष्‍ट्रपति नै कोरोना भाइरसको संक्रमणमा परेका छन्।

उपराष्‍ट्रपति रिक मासर र उनकी पत्‍नी एन्जेलिना टेनीमा कोभिड-१९ पोजिटिभ देखिएको हो। उनकी पत्‍नी टेनी दक्षिण सुडानकी रक्षा मन्त्री पनि हुन्।

उपराष्‍ट्रपति मासर ६० वर्षभन्दा माथिको उमेरका हुन्। कोभिड-१९ टास्क फोर्सकै एक सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएपछि देशका उच्च पदस्थ सबैमा परीक्षण गरिएको थियो।

उपराष्‍ट्रपति मासरका बडीगार्ड र अन्य केही सदस्यमा पनि कोभिड-१९ पोजिटिभ पाइएको छ।

बीबीसीका अनुसार दक्षिण सुडानमा हालसम्म दुई सय ३६ जनामा कोरोना भाइरसको संक्रमणमा पाइएको छ भने तीनजनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्