ट्रम्पले कोरोनाबाट बच्न मलेरियाको औषधि लिइरहेको खुलासा

वासिङ्टन । कोभिड-१९ को महामारीबाट बच्‍न अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले डेढ सातादेखि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्‍वाइन लिइरहेको खुलेको छ ।

एक समयमा यो औषधिलाई ट्रम्प आफैंले हँसी मजाकको विषय पनि बनाएका थिए । त्यतिबेला हाइड्रोक्सिक्लोरोक्‍वाइन कोभिड-१९ को उपचारमा उपयोगी हुने चर्चा विश्वव्यापी थियो ।

केही समयलगत्तै वैज्ञानिकहरूले यो कोभिड-१९ का लागि उपयोगी हुने प्रमाण दिएका थिए । क्लिनिकल परीक्षणबाट यो औषधि प्रभावकारी भएको प्रमाणित भएको थियो ।

सोमबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा हाइड्रोक्सिक्लोरोक्‍वाइनको प्रभावकारिताबारे प्रश्‍न सोधिएको थियो ।

“म डेढ सातादेखि यही औषधि लिइरहेको छु, त्यसैले त म तपाईंहरू सामु उपस्थित छु,” ट्रम्पले जवाफ दिए, “म आफैं यो औषधिको प्रभावकारिताको प्रमाण हुँ । हाइड्रोक्सिक्लोरोक्‍वाइनका बारेमा धेरै सकारात्मक कुरा आएको छ ।”

प्रतिक्रिया दिनुहोस्