प्रदेश १ मा ४३ जना कोरोना संक्रमित, १२ हजार बढीको नमूना परीक्षण

विराटनगर। प्रदेश १ मा ४३ जनामा कोभिड-१९ पुष्‍टि भएको छ।

हिजो, ५ जेठमा खोटाङ, मोरङ, झापा र सुनसरीमा एक/एक जना संक्रमित थपिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस प्रदेशमा उदयपुरमा ३३ झापा र मोरङमा तीन/तीन, धनकुटा, भोजपुर, खोटाङ र सुनसरीमा एक/एक जनामा कोरोना संक्रमण फेला परेको छ।

संक्रमितहरूमध्ये १७ जना निको भएर घर फर्किएका छन्।

अहिलेसम्म यस प्रदेशमा १२ हजार ६३४ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

त्यसमध्ये तीन हजार १६१ जनाको पीसीआर र नौ हजार ४७ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको हो।

यहाँ कोशी अस्पताल, बिपी कोइराला स्वास्थय विज्ञान प्रतिष्‍ठान र प्रादेशिक प्रयोगशालामा कोभिड-१९ परीक्षण गर्न आरटीपीसीआर मेसिन स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्