दैलेख, गुल्मी, खोटाङ र सुनसरी जिल्लामा पहिलोपटक संक्रमित देखिएका छन्। यी चार जिल्लामा एक/एक जना संक्रमित पहिचान भएका हुन्।
नेपालमा कोरोना भाइरस प्रवेश गरेको चार महीनापछि कर्णाली प्रदेशमा पहिलोपटक संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै प्रदेश ५ र २ मा संक्रमित देखिएका छन्। पछिल्लो समयमा यी दुई प्रदेश नै कोरोना संक्रमणको हटस्पट बनेका छन्।
बाँकेमा आज मात्र सबैभन्दा धेरै ५९ जनामा संक्रमण देखिएको छ। योसहित बाँकेमा मात्रै संक्रमितको संख्या ९३ पुगेको छ। यसमा एकजनाको मृत्यु भइसकेको छ।
आज, ५ जेठमा भेटिएका ५९ जना नै बाँकेको नरैनापुर गाउँपालिकाका हुन्। ४ जेठमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन्। उनीहरू सबै ३० वैशाखमा भारतको मुम्बईबाट भित्रिएका थिए।
प्रदेश ५ का जिल्लाहरूमा संक्रमितको संख्या १६९ पुगेको छ।
त्यस्तै, प्रदेश २ मा हालसम्म संक्रमितको संख्या १३४ पुगेको छ। उक्त प्रदेशका ८ वटै जिल्लामा संक्रमण देखिइसकेको छ।
प्रदेश १ मा ४३, बागमतीमा १८, गण्डकीमा ३, सुदूरपश्चिममा ५ र कर्णाली प्रदेशका एकजना संक्रमित पुष्टि भएका हुन्।
५ जेठ बिहान राष्ट्रिय जनस्वास्थ्य कार्यालय काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका ८ जनामा र बाराका एकजनामा संक्रमण देखिएको थियो।
नेपालमा संक्रमण देखिएकामध्ये दुईजनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।
यी हुन् कोरोनाको संक्रमण देखिएका जिल्ला
झापा
मोरङ
उदयपुर
धनुषा
पर्सा
बारा
महोत्तरी
रौतहट
सप्तरी
सिराहा
सर्लाही
चितवन
मकवानपुर
नवलपरासी पूर्व
नवलपरासी पश्चिम
बर्दिया
दाङ
बाँके
रूपन्देही
कपिलवस्तु
कञ्चनपुर
कैलाली
भोजपुर
काठमाडौं
काभ्रेपलाञ्चोक
सिन्धुपाल्चोक
भक्तपुर
धादिङ
बागलुङ
धनकुटा
गुल्मी
दैलेख
सुनसरी
खोटाङ