काठमाडौं। नेपालमा आज थप १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अबेर राति १८ जना थपिएको विवरण अद्यावधिक गरेको छ।
योसहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगञ्ज, कोशी अस्पताल र विराटनगरका प्रयोगशालामा गरिएको परीक्षण अनुसार उनीहरूमा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार बाँकेको नरैनापुरमा थप १२ जना पुरुषमा संक्रमण देखिएको छ। बाँकेको नरैनापुरमा यसअघि आजै ४७ जना संक्रमित थपिएका थिए।
त्यस्तै धनुषामा २, खोटाङमा एक, सुनसरीमा एक, दैलेखमा एक र झापामा एक गरेर १८ जना थप संक्रमित पुष्टि भएका हुन्।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।
" /> काठमाडौं। नेपालमा आज थप १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अबेर राति १८ जना थपिएको विवरण अद्यावधिक गरेको छ।

">