कर्णाली प्रदेशमा पनि पुग्यो कोभिड-१९, दैलेखमा एकजनामा संक्रमण पुष्टि

काठमाडौं। कर्णाली प्रदेशमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ।

यसअघि एउटा पनि केस नदेखिएको कर्णालीमा पहिलोपटक आज एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

दैलेखको आठबीसकोट नगरपालिका-१ का पुरुषमा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक, डा. डम्बर खड्काले देखापढीलाई बताए।

उनका अनुसार सुर्खेतस्थित् प्रयोगशालमा गरिएको पीसीआर परीक्षण शंकास्पद देखिएपछि ‘रि कन्फर्म’का लागि बाँके पठाइएको थियो।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अुनसार ३५ वर्षीय व्यक्तिमा संक्रमण पुष्टि भएको हो।

उनी १ जेठमा भारतबाट गाउँ फर्किएका थिए। हाल उनी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमै छन्।

उनको अवस्था सामान्य छ। संक्रमण देखिएपछि उनलाई स्वास्थ्य संस्था लैजाने तयारी हुँदैछ।

योसँगै देशका सबै, सातवटै प्रदेशमा कोरोना भाइरस संक्रमण देखिएको छ।

स‌ंक्रमितको संख्या देशभर ३७५ पुगेको छ भने भने दुई जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।

३६ जना निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्