काठमाडौं। गृहमन्त्रालयले लकडाउनमा कडाइ गरेको छ। सरकारले २० जेठसम्म लडकाउनको अवधि बढाउने निर्णय गरेसँगै गृहमन्त्रालयले यसमा कडाइ गरेको हो।
मन्त्रालयका अनुसार अब बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ मात्र बोलाएर सञ्चालन गर्नुपर्नेछ।
यसैगरी, अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि पासमा समेत कडाइ गरिएको छ।
अब सम्बन्धित मन्त्रालय/निकायको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कूल सवारी साधनहरूमध्ये एक चौंथाइ संख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउनेछ।
उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउन गृहले निर्देशन जारी गरेको छ।
अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी कार्यालय सञ्चालन गर्न पाउनेछन्।
कोभिड–१९ रोकथामका लागि सरकारबाट भएका निर्णयको पालना गरेकोमा मन्त्रालयले सबैलाई धन्यवाद समेत भनेको छ।
गएको ११ चैतदेखि देशभर लकडाउन लागू गरेको थियो।
नेपालमा अहिलेसम्म कोरोना संक्रमिको संख्या ३५७ पुगेको छ भने दुई जनाले ज्यान गुमाएका छन्। ३६ जना निको भएर घर फर्किएका छन्।
" /> काठमाडौं। गृहमन्त्रालयले लकडाउनमा कडाइ गरेको छ। सरकारले २० जेठसम्म लडकाउनको अवधि बढाउने निर्णय गरेसँगै गृहमन्त्रालयले यसमा कडाइ गरेको हो।मन्त्रालयका अनुसार अब बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ मात्र बोलाएर सञ्चालन गर्नुपर्नेछ।

">