सिसडाेलावासीकाे काेभिड-१९ परीक्षण हुने भएपछि उठ्ने भयाे काठमाडाैंकाे फाेहर
काठमाडाैं। सिसडोलवासीकाे कोभिड-१९ परीक्षण हुने भएपछि काठमाडौं उपत्यकाको नियमित फोहर विसर्जन हुने भएको छ।

सिसडोलवासीकाे काेरोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले आजदेखि लागू हुने गरी एम्बुलेन्सबाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी काठमाडौं उपत्यकाबाट सिसडोल जान पाएका थिएनन्।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा आज ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको हो।

ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको मागअनुसार सिसडोलवासीमा कोरोना संक्रमण भए/नभएको पुष्टिका लागि काठमाडौं महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको छ।

कामपाले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए। “उपत्यकाको फोहोर छोपेर सिसडोल लैजाने सहमति भयो”, प्रमुख शाक्यले भने, “सहमतिअनुसार बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म फोहर विसर्जन गरिसक्नुपर्ने छ।”

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलवासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले नियमित फोहर विसर्जन हुने जानकारी दिए।

कामपा वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार फोहर विसर्जनस्थल आसपासका बढी प्रभावित कम्तीमा ३०० जनाको परीक्षण गर्ने तयारी रहेकाे बताए। रासस

प्रतिक्रिया दिनुहोस्