काठमाडौं। लोकसेवा आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापन नरोक्ने निर्णय गरेको छ। यसमा नयाँ कार्यतालिका निर्धारण गरेर निरन्तरता दिइने भएको छ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले दरखास्त संकलन भइसकेका तर, कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय भएको बताएका छन्।
बैठकले कुनै चरणको परीक्षा कार्यक्रम पूर्ण वा आंशिक रूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाहरूको नयाँ परीक्षा कार्यक्रम निर्धारण गर्ने निर्णय गरेको हो।
त्यस्तै आयोगले २८ फागुन २०७६ मा प्रकाशित राजपत्र अनंकित द्वितिय क्षेणी खरिदार वा सो सरह पदका लागि भएका विभिन्न विज्ञापनहरूमा दरखास्ता लिने काम ९ जेठदेखि बन्द गर्ने भएको छ।
दरखास्ता बुझाई सकेका तर, दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरूका लागि स्थिति सामान्य भएपश्चात् निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने आयोगले जनाएको छ।
आयोगको स्वीकृत वार्षिक कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरूको विज्ञापन प्रकाशनको कार्य स्थगन गरिएको छ।
न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने छ।
त्यस्तै सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षा सम्बन्धमा कुनै पनि चरणको परीक्षा कार्यक्रम भइसकेका वा परीक्षा प्रक्रियामा प्रवेश गरिसकेका निकाय, संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरि सार्वजनिक गरिने आयोगले निर्णय गरेको छ।
सम्बन्धित निकाय, संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर, आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका परीक्षा कार्यक्रम सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गरिएको छ।
यस्तो छ लोकसेवा आयोगको सूचना
" /> काठमाडौं। लोकसेवा आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापन नरोक्ने निर्णय गरेको छ। यसमा नयाँ कार्यतालिका निर्धारण गरेर निरन्तरता दिइने भएको छ।आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले दरखास्त संकलन भइसकेका तर, कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय भएको बताएका छन्।

">