बागमती प्रदेश सभाको बर्खे अधिवेशन १२ जेठमा

हेटाैंडा। बागमती प्रदेश सभाको छैटौं बैठक (बर्खे अधिवेशन) १२ जेठका लागि डाकिने भएको छ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ जेठ दिउँसो २ बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले चर्चित हेटौंडा-काठमाडौं मदन भण्डारी मार्गअन्तर्गतको पोष्टबहादुर सुरुङ मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकताको परियोजनाको रूपमा समावेश गर्ने र संघीय सरकारको सहलगानीमा निर्माण गर्नको लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

यसअघि मुख्यमन्त्री पौडेलले प्रदेश सभा भवनको निरीक्षण गरेका थिए।

पौडेलले सुरक्षित तबरले बैठक सञ्चालन गर्न उपयुक्ततासम्बन्धी जानकारी लिन प्रदेश सभा भवनको अवलोकन गरेकाे र भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्ने विषयमा प्रदेश सभामुख सानुकुमार श्रेष्ठसँग छलफल गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्