महामारीका बेला अमेरिकी स्वार्थनिम्ति रणभूमि बन्दै विश्व स्वास्थ्य संगठन
" /> महामारीका बेला अमेरिकी स्वार्थनिम्ति रणभूमि बन्दै विश्व स्वास्थ्य संगठन
"> चीनले सक्षमतापूर्वक महामारी नियन्त्रण गरेको राष्ट्रपति सी चिनफिङको दाबी: Dekhapadhi
चीनले सक्षमतापूर्वक महामारी नियन्त्रण गरेको राष्ट्रपति सी चिनफिङको दाबी
काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देशले सक्षमतापूर्वक महामारी नियन्त्रण गरेको र आफ्ना अधिकारीहरूले पारदर्शीतापूर्वक काम गरेको दाबी गरेका छन्।
आजबाट शुरू भएको ‘विश्व स्वास्थ्य सम्मेलन’लाई भिडिओ कन्फ्रेन्समार्फत् सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले त्यस्तो दाबी गरेका हुन्।
“हामीले खुलापन, पारदर्शीता र जवाफदेहितासहित काम गरेका छौँ”, उनले भने, “हामीले विश्व स्वास्थ्य संगठन र अन्य देशलाई समयमै जानकारी गराएका छौँ। हामीले जिनोम स्विकेन्स समयमै सार्वजनिक गरेका छौँ। हामीले यो महामारी नियन्त्रण र उपचारको हाम्रो अनुभव कुनै सीमा नराखी सबैलाई बाँडेका छौँ।”
राष्ट्रपति चिनफिङले कोभिड-१९ सँग जुध्न ६ वटा प्रस्ताव पनि गरे। ती हुन्ः
१) कोभिड-१९ नियन्त्रण र उपचारका लागि जे सकिन्छ गरौं।
२) विश्वव्यापी प्रयत्नको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरोस्।
३) अफ्रिकालाई साथ दिऔं।
४) जनस्वास्थ्यको क्षेत्रमा विश्वव्यापी शासनलाई बलियो बनाऔं।
५) आर्थिक र सामाजिक विकास पुनर्स्थापित गरौं।
६) अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाऔं।
अमेरिकी राष्ट्रपति र अन्य देशका नेताहरूले चीनले महामारीबारे समयमै जानकारी नदिएको आरोप लगाउने गरेका छन्। ट्रम्पले चीनले भाइरसको नियन्त्रणमा खेलेको भूमिकाबारे छानबिन गर्न माग गरिरहेका छन्। उक्त मागलाई पछिल्लो हप्ता युरोपेली र अष्ट्रेलियाली अधिकारीहरूले समर्थन गरेका थिए।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले ‘विश्व स्वास्थ्य सम्मेलन’को उद्घाटन गरेका थिए। उद्घाटनको क्रममा उनले कोभिड-१९ सँग जुध्न विश्वव्यापी एकताको आवश्यकता रहेको उल्लेख गरेका थिए।
“कोभिड-१९ सँग जुध्ने मामिलामा थोरैमात्र विश्वव्यापी ऐक्यबद्धता भएको छ”, गुटरेसले भने।
‘विश्व स्वास्थ्य सम्मेलन’ विश्व स्वास्थ्य संगठनको निर्णय गर्ने मुख्य अंग हो। संयुक्त राष्ट्र संघका १९४ सदस्य राष्ट्रकै प्रतिनिधिहरू यो सम्मेलनमा सहभागी हुन्छन्।
बर्सेनि जेनेभामा हुने यो सम्मेलन यस वर्ष भने कोभिड-१९ का कारण भिडिओ कन्फ्रेन्समार्फत् भइरहेछ। आजबाट शुरू दुईदिने सम्मेलन विश्वव्यापी महामारी नियन्त्रणका सन्दर्भमा संगठनको भूमिकाबारे विभिन्न कोणबाट चर्चा भइरहेकाले विशेष महत्त्वको बनेको छ।
स्वास्थ्यबारे विवाद हुनुहुँदैन – म्याक्रोन
सम्मेलनमा चिनियाँ राष्ट्रपतिपछि सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भाइरससँग जुध्न विश्वव्यापी सहकार्यको महत्त्वमा जोड दिए।
उनले थपे, “यो सिद्धान्तको कुरा हो। मानव स्वास्थ्यबारे झगडा हुन सक्दैन। यो किन्न र बेच्न सकिँदैन।”
विश्व स्वास्थ्य संगठन वैधानिक छ तर यसमा सुधार हुन सक्छ – मार्केल
विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै जर्मन चान्सलर एन्जेल मर्केलले विश्व स्वास्थ्य संगठनको प्रतिरक्षा गरिन्। तर, उनले सुधारका लागि सुझाव पनि दिइन्।
“विश्व स्वास्थ्य संगठन वैधानिक छ। यो नै सबैलाई जोड्ने विश्वव्यापी संस्था हो। यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामीले ध्यान दिनुपर्छ”, उनले भनिन्।
उनले महामारीविरूद्ध जुध्न अन्तर्राष्ट्रिय सहकार्य नै मुख्य अस्त्र भएको बताइन्।
विश्व स्वास्थ्य संगठनले समयमै चेतावनी दिएको थियो – डा. टेड्रोस
विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधानोम गेब्रियससले भने संगठनले समयमै चेतावनी दिएको दाबी गरे। उनले संगठनले सबै देशलाई चेतावनी, महामारीसँग जुध्ने उपाय र सुझाव दिएको बताए।
“विश्व स्वास्थ्य संगठनले समयमै चेतावनी दिएको थियो”, उनले भने।
तर, उनले युरोपेली युनियनले प्रस्ताव गरेको विश्व स्वास्थ्य संगठनको मूल्यांकनलाई पनि स्वीकार गरे।
“विश्वव्यापी महामारीसँग जुध्न गरिएको तयारी र यसविरूद्ध विभिन्न देश र विश्वव्यापी प्रयत्नको समीक्षा गर्न मैले स्वतन्त्र मूल्यांकन थाल्नेछु”, डा. टेड्रोसले भने।
उनले आफ्नो सम्बोधनको बीचमा संसारभर महामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको लागि ताली बजाउन आह्वान गरेका थिए।
– बीबीसी र ग्लोबल टाइम्सको सहयोगमा
पढ्नुहाेस्ः
महामारीका बेला अमेरिकी स्वार्थनिम्ति रणभूमि बन्दै विश्व स्वास्थ्य संगठन
प्रतिक्रिया दिनुहोस्